टाटा मोटर्सको जेनभोल्टज नेपाली बजारमा

काठमाडौ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिग प्रालिले जेनभोल्टज जेनेरेटरको नेपाली बजारमा बिक्री वितरण आरम्भ गरेको छ । भारतस्थित अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टर) डिजाइन, परिक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटरको डिजेल इन्जिन जडान गरिएको छ । विभिन्न प्रयोजनका लागि अत्यन्त उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनको साथै कम खर्चिलो रहेको कम्पनीले जनाएको छ । २५ किलो भोल्ट देखि १२५ किलो भोल्ट क्षमतामा उपलब्ध यस जेनेरेटरमा म्यानुअल र अटोमेटिक दुवै मोडको व्यवस्था रहेको छ ।

यसले निरन्तर विद्युत प्रवाह गरी नेपालको उद्योगीकरणलाई नयाँ दिशातर्फ उन्मुख गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ । ‘हामी नेपालमा जेनभोल्टज जेनेरेटरको बिक्री वितरण शुभारम्भ गर्न पाउँदा धेरै खुसी छौ । टाटा मोटर्स सदैव उच्चतम एवं नवीनतम उत्पादनहरुको मार्फत आफ्नो आफ्नो ग्राहकहरुको बदलिँदो इच्छा र आकांक्षा पूरा गर्ने तर्फ कटिबद्ध छ ।’ टाटा मोटर्सको कमर्सिअल भेहिकल बिजनेस इकाई अन्तर्गत कस्टमर केयरका ग्लोबल प्रमुख राम कृष्णन बताउछन ।

टाटा मोटर्सको प्रभावकारी एवं भरपर्दो इन्जिन जडित जेनभोल्टजले नेपाली उद्योगधन्दाको अभिवृद्धिमा योगदान गर्ने विश्वास गरिएको छ । सिप्रदी ट्रेडिगका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठका अनुसार स्थापनाकालदेखि नै सिप्रदी ट्रेडिग आफ्नो व्यापारिक पहिचानमा निरन्तर नयाँ आयाम थपी ग्राहकको इच्छा र आवश्यकताहरुलाई परिपूर्ति गर्न प्रतिबद्ध रहेका छ । टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणतर्फ केन्द्रित प्रयासमा नयाँ उर्जा प्रदान गर्ने पनि श्रेष्ठको भनाई छ ।

सिपिसिवि १ सम्बन्धि उत्सर्जन मापदण्ड अन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कम खपत गरि उत्कृष्ट कार्यक्षमता देखाउने उल्लेख छ । निर्माण एवं पूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरुलाई यो उत्पादन उपयुक्त हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया