एसीसी महिला टी–२०का लागि १९ खेलाडी छनोट

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि १९ खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रतियोगिताका लागि १९ खेलाडीको नाम सार्वजनिक गरेको हो । १९ खेलाडीबाट अन्तिम टोली घोषणा गरिने क्यानले जनाएको छ । मलेसियामा आयोजना हुने प्रतियोगिताको एसियन क्रिकेट काउन्सिलले खेल तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । जुन १७ बाट सुरु प्रतियोगितामा एसीसीले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेको छ । जसमा नेपाल रहेको समूह ‘बी’ मा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यता समूह ‘ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर छन् ।

च्याम्पियनसिपमा नेपालले १७ जुनमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा जुन १८ मा कुवेतसँग खेल्नेछ । नेपालले जुन २० मा बहराइन र जुन २१ मा हङकङसँग खेल्नेछ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

नेपाली टोली :

रुबिना क्षेत्री, इन्दु बर्मा, सीता रानामगर, ज्योति पाण्डे, काजोल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डली भट्ट, सबनम राई, सरिता मगर, रोमा थापा, संगिता राई, अश्मिना कर्माचार्य, मनिषा उपाध्याय, बिन्दु रावल, ममता चौधरी, रेखा रावल, ईश्वरी विष्ट ।

प्रतिक्रिया