नवलपुर । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ ।
पूर्वी नवलपरासीको चोरमारामा रहेको गिरुवारी खोलाको पुलमा समस्या आयपछि पुल मर्मत गर्न आज बिहान ८ बजेदेखि दिउँसो २ बजे सम्मका लागि बाटो बन्द गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासी वर्दघाट सुस्ता पूर्वले जानकारी दिएको छ ।
नवलपुरको चोरमारास्थित गिरुबारी खोलामा रहेको पुलको मध्यभागमा प्वाल परेका कारण यातायात सञ्चालनमा अत्यन्तै जोखिम देखिएपछि त्यसलाई मर्मत गर्न सडक बन्द गरिएको हो ।
सडक बन्दको समयमा एम्बुलेन्स बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । एम्बुलेन्स बाहेकका अन्य सवारीसाधन सञ्चालनका लागि बैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले यसअघि नै सूचना जारी गरी सम्बन्धित निकायलाई अवगत गराएको थियो ।
नवलपुर (पूर्वी नवलपरासी)
प्रतिक्रिया