ब्यापार घाटा कम गर्न बजेटले सहयोग गर्छ : क्षेत्री

काठमाडौं । व्यापार घाटा कम गर्न बजेटले सहयोग गर्ने पुर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले बताएका छन । संवाद डबलीले बुधबार आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र बजेट’ बारे आयोजना गरेको कार्यक्रममा क्षेत्रिले विगतको भन्दा अहिलेको बजेट तुलनात्मक रुपमा जनताको जीवनसँग जोडिन खोजेको बताए । नेपालको वार्षिक बजेटभन्दा बढी व्यपार घाटा हुने अवस्था सिर्जना भएको बताउँदै बजेटले त्यसलाई घटनाउने प्रयास गरेको उनको भनाई छ ।

नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो भइसकेको बजारमा हल्ला भएजस्तो संकट नआएको बताउँदै क्षेत्रिले नेपाली अर्थतन्त्रलाई बजेट चलायमान गरेको बताए । राजनीतिक वृतमा विरोधी खेमामा रहेका नेताहरुले श्रीलंकाको उदाहरण दिएर नेपाली अर्थतन्त्र पनि त्यही बाटोमा जाँदैछ भन्ने गरेको भन्दै क्षेत्रीले भने, ‘विदेशी मुद्रा आर्जन गर्ने स्रोतहरु घट्दै गइसकेका छन् भनेर चर्चाबीच आएको बजेटले नयाँ आशाका किरण देखाएको छ ।’

यसअघि सरकारले महंगीलाई ६ प्रतिशतभन्दा माथि नजाने भनेपनि यो बजेट आउने बेलासम्म ७ प्रतिशत भन्दा बढी पुगेको क्षेत्रीको भनाई थियो । उनले वैदेशिक रोजगारीमा जानेको संख्या बढ्ने र विप्रेशण घट्ने गरेको धारणा पनि राखे । विदेशी मुद्रा संचिती ११ अर्बबाट ९ खर्बमा पुगेको बताउँदै त्यो कुनै व्यक्तिका कारण नभएर आयत बढ्नु र निर्यत घट्नु यसको मुख्य कारण रहेको उनको भनाई थियो ।

नेपाल कृषि प्रधान भनिएपनि जमिन बाँझो हुँदै गएको अवस्थामा सरकारले सबैभन्दा धेरै बजेट कृषि क्षेत्रमा छुट्याउने र मलदेखि प्राविधिक सहयोग गर्ने घोषणा हुनु सकारात्मक भएको क्षेत्रिको भनाई छ । ‘यसपटक सरकारले सबभन्दा बढी कृषि क्षेत्रलाई बजेट छुट्याइएको छ । मलदेखि प्राविधिक सुविधा पनि, जस्तो प्राविधिकलाई पालिकामै राखिदिन्छौं भनेको छ । जमिन हुनेले कृषि नगर्ने, कृषि गर्नेसँग जमिन नहुने समस्या थियो, अब बजेटले कृषक समूह बनाएर आएपछि सरकारले सहयोग गर्ने घोषणा भएको छ’ क्षेत्रीले भने । सरकारले कार्यान्वयनप्रति प्रतिवद्धता बताउँदै क्षेत्रिले बजेटले आत्मनिर्भरतातिर लैजाने विश्वास बढेको बताए । वैदेशिक लगानी पनि विगतको तुलनामा बढेको बताए ।

कार्यक्रममा क्षेत्रीले वृद्धभत्ता राज्यले सहयोग आवश्यक भएका जेष्ठ नागरिकले मात्रै लिने उद्देश्यसहित ६८ बर्षमा उपलब्ध गराउने बजेटमा घोषणा आएको बताए । उनले राज्यको अर्को निकाय वा सक्षमलाई नैतिक रुपमा लिनु नहुने भन्दै सरकारले त्यस्ता व्यक्तिहरुलाई सम्मान गर्ने समेत बताए ।

प्रतिक्रिया