बजेटपछि नेप्सेमा ५० अंकको गिरावट

काठमाडौ । बजेटपछि खुलेको सेयर बजारमा ५० दशमलव ३३ अंकको गिरावट आएको छ । आर्थिक वर्षका लागि बजेट सार्वजनिक भए लगत्तै खुलेको सेयर बजारमा फराकिलो अंकको गिरावट देखिएको हो । आगामी आर्थिक वर्षका लागि पुँजीबजार सम्बन्धी उत्साहजनक कार्यक्रम उल्लेख नभएको भन्दै बजारमा सेयर बिक्रीको चाप बढ्न पुग्दा बजार घटेको हो ।

बजेटमा पुँजी बजार र यससँग सम्बन्धी थुप्रै कार्यक्रम आएका छन् । तर तत्काल बजार सुधार हुने किसिमको ठोस योजना नभएको लगानीकर्ताहरुले बताएका छन् । सोही कारण बजारले बजेटलाई सकारात्मक बाटो दिन नसकको आकलन गरिएको छ ।

बजेटमा एनआरएनको लगानी भित्रयाउने, वैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपीओमा आरक्षण दिने, बिमा तथा लघुवित्तको पहुँच तथा लगानी वृद्धि, स्वाथ्य बिमा कार्यक्रमहरु आएका छन् । यसले अप्रत्यक्षरुपमा पुँजी बजार विकास र सुधारमा सहयोग गर्छ । तर सीधै अहिले नै बजार सुधार हुने किसिमका कार्यक्रम भने आएको छैन । जस्को कारण लगानीकर्तामा मनोबैज्ञानीक दवाव परेको कारण नेप्सेमा ठुलो गिरावट आएको हो ।

प्रतिक्रिया