पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न कार्यदल गठन

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न कार्यदल गठन गरेको छ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको नेतृत्वमा कार्यदल गठन गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

कार्यदलले अर्थतन्त्रको समग्र क्षेत्रमा पारेको प्रभाव तथा नेपाल आयल निगमको कार्य सञ्चालन वित्तीय व्यवस्थापन तथा व्यापार विविधीकरण लगायत क्षेत्रमा सुधार गर्ने विषयमा अध्ययन गर्ने छ । कार्यदलले अध्ययनपछि उक्त प्रतिवेदन सरकारलाई बुझाउने मन्त्रालयले जानकारी दिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारणले सर्वसाधारणलाई पर्न गएको असुविधालाई ध्यानमा राखेर सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरिसकेको छ । र, यससम्बन्धमा अर्थ मन्त्रालय गृहकार्यमा रहेकाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा भइरहेका कार्यक्रम स्थगित गर्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया