नारायण चौर नक्सालमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको शाखा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले नारायण चौर, नक्सालमा नयाँशाखा सञ्चालनमा ल्याएको छ । उक्तशाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो । शुक्रबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन नेपालकालागि बेलायती राजदूत निकोला पोलिटले गरिन् । सो कार्यक्रममा बैंकका निर्देशक भरत कुँवर, ग्राहक तथा वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले भने, ‘हामीनयाँ शाखाबाट हाम्राविद्यमान र नयाँ ग्राहकहरूलाई सेवादिन पाउँदा हर्षित छौं । नयाँ स्थानबाट ग्राहकहरूलाई डिजिटल र स्मार्ट सेवा प्रदान गरिनेछ । ग्राहकहरूका लागि सेवा सुविधा बढाउनका लागि बैंकसँग उच्च डिजिटल क्षमता रहेको छ ।’ बैंकले शाखामा नयाँ खाता खोल्नका लागि विभिन्न अफरहरू पनि ल्याएको छ ।

प्रतिक्रिया