पकहामैनपुर गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिद्वारा पदभार ग्रहण

पर्सा । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका पकहामैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले बुधबार पदभार ग्रहण गरेका छन् । उनले आजै पकहामैनपुर गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको पद तथा गोपनियताको शपथग्रहण तथा स्वागत गराए । बुधबार रामचरित्र भगत माबि पकहामैनपुरमा आयोजित शपथ ग्रहण तथा स्वागत समारोह कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् ।

गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहण कार्यक्रममा उपाध्यक्ष सम्पूर्ण वडाध्यक्ष र सदस्यहरुलाई गाउँपालिका अध्यक्ष मेहता र उपाध्यक्षले दोसल्ला, फूलमाला र टिका लगाई बधाई दिएका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेश मेहता, उपाध्यक्ष सरफु नेशा, वडाध्यक्षहरु बिनोद मेहता, संजयप्रसाद चौहान, मुकुटप्रसाद चौहान, ढेडीप्रसाद यादव, बलिरामप्रसाद बरै, स्थानीय समाजसेवी नसुरलाह मियाँ, बब्लु श्रीवास्तव, लक्षमण पटेल, अनिल साह, पकहामैनपुर गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत रमेश सुवेदी, स्वास्थ्य संयोजक संजय यादव लगायतले बधाई तथा कार्यकाल को शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया