१४ खर्ब ३१ अर्ब ३० करोड बजेट घाटा

१६ खर्ब ४ अर्बको आयात व्यापार

काठमाडौं । चालु आर्थिक वर्षको बैशाख मसान्त सम्म १४ खर्ब ३१ खर्ब ३० करोड बजेट घाटा देखिएको छ । यो अवधिमा १६ खर्ब ४ अर्ब रूपैयाको आयात व्यापार भएको छ भने १ खर्ब ७३ खर्ब ४८ करोड रुपैयाको मात्रै निर्यात व्यापार भएको कारण व्यापार घाटा चुलिएको हो । गत वर्षको दस महिने अवधिको तुलनामा २७ दशमलव ९५ प्रतिशत बढि हो । गत वर्षको सोही अवधिमा १२ खर्ब ५४ अर्ब रूपैँया बराबरको आयात व्यापार भएको थियो । निर्यात व्यापार भने ५९ दशमलव ८० प्रतिशतले बढेको छ । गत वर्षको यही अवधिमा १ खर्ब ८ अर्ब रूपैयाँ बराबरको सामान निर्यात भएको थियो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याक अनुसार चालू आवको वैशाख मसान्तसम्म मुलुकको वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब बराबर पुगेको छ । यस्तो व्यापार अघिल्लो आवका तुलनामा ३० दशमलव ४९ प्रतिशतले बढी हो । गत आवको १० महिनाका अवधिमा मुलकको वैदेशिक व्यापार १३ खर्ब ६२ अर्ब ५८ करोड बराबको थियो । वैदेशिक व्यापारमा उल्यख्य वृद्धि भए पनि आयातमुखी व्यापारका कारण मुलुकको व्यापार घाटा बढने क्रम रोकिन सकेको छैन ।

वैदेशिक व्यापारमा निर्यातको हिस्सा २२ दशमलव ४६ प्रतिशतले बढेको छ । गत आवको वैशाख मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा ७ दशमलव ९६ प्रतिशत रहेकामा चालु आवमा ९ दशमलव ७५ प्रतिशत पुगेको छ । चालु आवको दश महिनामा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात बढेको छ ।

भन्सार बिभागले सार्बजनिक गरेको तथ्याकं अनुसार एक खर्ब २३ अर्ब ७० करोड मूल्य भन्दा बढीको डिजेल भित्रिएको छ भने ५४ अर्ब ८३ करोड रुपैयाँको पेट्रोल तथा ५२ अर्ब ५९ लाख रुपैयाको एलपि ग्यास भित्रिउको छ । पेट्रोलियम पदार्थपछि भटमासको तेल आयात उच्च रहेको छ । १० महिने अवधिमा ४९ अर्ब ४१ करोड रुपैया भन्दा बढिको भटमासको तेल आयात भएको छ ।

नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागको तथ्याँक अनुसार स्वदेशबाट ४५ अर्ब ३५ करोड मूल्यभन्दा बढीकोे भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चापदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गर्दै आएका छन । दश महिने अवधिमा ३७ अर्ब ९४ करोड रुपैया बराबरको पाम तेल निर्यात भएको छ ।

यो अवधिमा भारतबाट करिब ९ खर्ब ९५ अर्बभन्दा बढी मूल्यका वस्तु आयात भएको विवरणले देखाएको छ भने १ खर्ब ३७ अर्ब मूल्य बराबरका बस्तु निर्यात भएको छ । भारतसंग मात्रै नेपालको व्यापार घाटा ८ खर्ब ५८ अर्ब भन्दा बढि रहेको छ । त्यसोत चीनबाट २ खर्ब २६ अर्ब मूल्य बराबरका बस्तु आयात भएकोमा ६७ करोड ४४ लाख मूल्य बराबरको बस्तु निर्यात भएको पनि भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै अतिआवश्यक बाहेकका वस्तुको आयातमा कडाई गरेपछि त्यस्को असर राजस्वमा परेको छ । यसअघि गत माघ र फागुनमा २ पटक परिपत्र जारी गर्दै विभिन्न ४७ प्रकारको हार्माेनिक कोड भएका वस्तुको आयातमा केन्द्रीय बैकले कडाइ गरेको थियो । बैंकले पछिल्लो समय अति आवश्यक बाहेकका वस्तुको एलसी समेत बन्द गरेको छ ।

बैंकले गत माघ २६ र २७ एवं माघ ५ मा २० वस्तु गरी ४७ वटा होर्मोनिक कोडबाट एलसी खोल्दा ६ वस्तुमा ५० प्रतिशत र ४१ वस्तुमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको थियो । त्यस्तै, गत चैत महिनामा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर अतिआवश्यक बाहेकका वस्तुको आयातमा एलसी नखोल्न पनि केन्द्रीय बैकले निर्देशन दिएको थियो । केन्द्रीय बैंकको निर्देशनपश्चात बैंकले एलसी खोल्न बन्द गरिसकेका छ ।
गत माघ र फागुन महिनामा आयातमा खासै असर नदेखिए पनि चैत महिनामा असर देखिएको छ । राष्ट्र बैंकले गरेको नीतिगत परिवर्तनको असर देखिन थालेको आकलन गरिएको छ । भन्सार विभागका अधिकारीहरूका अनुसार राष्ट्र बैकले कडाइ गरेको वस्तुको आयातमा कमी आए पनि ब्यापार घाटा भने चुलिदो अवस्थामै रहेको छ ।

प्रतिक्रिया