काठमाडौंमा २० हजार मतले बालेन अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले २० हजार मतले अग्रता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहानसम्म एक लाख ६८ हजार ४८७ मतगणना भएको छ । अब २२ हजार ५६४ मत गणना गर्न बाँकी छ ।

अहिलेसम्म स्वतन्त्र उम्मेदवार साहले ५४ हजार ७१८ मत पाएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३४ हजार ६०८ मत पाएकी छन् ।

त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा छन्। उनले ३३ हजार ९७५ मत पाएका छन्। अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले नौ हजार ९६३ मत पाएका छन्।

प्रतिक्रिया