तनहुँको व्यासमा कांग्रेसका वैकुण्ठ निर्वाचित

तनहुँ । तनहुँको व्यास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठ नाथ न्यौपाने विजयी भएका छन् । उनले १२ हजार ७८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दिपक राज जोशीले ११ हजार ८२६ मत पाए ।

यस्तै उपप्रमुखमा पनि कांग्रेसकै इन्दिरा दरै निर्वाचित भइन्। उनले १२ हजार ४९८ मत पाइन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वसुन्धरा घर्तीले १० हजार ४३ मत पाइन् । यो कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगरसमेत हो ।

प्रतिक्रिया