हाई अल्टिच्युड ट्राई एड्भेन्चर प्रतियोगिता सम्पन्न

काठमाडौं । त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा र मानबहादुर थापाले कोर्स रेकर्डसहित प्रधानसेनापति हाई अल्टिच्युड ट्राईएड्भेन्चर प्रतियोगिताको उपाधि जितेका छन् । १ सय मिटरको क्लाईम्बिङ, ४.७५ किमीको दौड र १५.३५ किमी साइक्लिङ गरि कुल २०.२ किमीको दुरी उनीहरुले १ घन्टा १५ मिनेट २ सेकेन्डकमा पुरा गर्दै कोर्स रेकर्डसहित उपाधि जितेको हो ।
मुस्ताङको जोमसोममा शनिबार भएको प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ट्रायथलनको स्वर्णपदक जितेका हिमालले हाई अल्टिच्युड ट्राई–एड्भेन्चरको खुला स्पर्धामा लगातार दोस्रोपल्ट उपाधि जितेका हुन् ।

यसअघि हिमालले बसन्त थारुसँग मिलेर दोस्रो संस्करणमा १ घन्टा १९ मिनेट ४२ सेकेन्डसाथ २०.२ किमि दूरी पार गर्दै सफलता हात पारेका थिए । उनले त्यही कोर्स रेकर्डलाई यसपाली मान बहादुरसँग मिलेर तोडेका हुन् । यो जोडी पहिलो संस्करण (२०७४ साल) मा दोस्रो भएको थियो ।
नेपाली सेनाकै टिमले शीर्ष तीन स्थान कब्जा गरेको छ । बसन्त थारु र नवराज न्यौपाने दोस्रो भएको भए । बसन्त र नवराजले १ घन्टा १७ मिनेट १६ सेकेन्डमा दूरी पार गरे । कमल ओली र प्रेमसिंह मन्याल १ घन्टा २१ मिनेट ३० सेकेन्डसहित तेस्रोमा रहे । उपाधिसँगै हिमाल टमाटा र मानबहादुरले ३ लाख रुपैया प्राप्त गरेका छन् । दोस्रो भएको बसन्त र नवराजले २ लाख तथा तेस्रो भएको कमल र प्रेम सिंहले १ लाख रुपैयाँ हात पारेको छ ।

महिलातर्फ हिमालयन गल्सकी हुमी बुढामगर र इन्द्रकला नेम्बाङले पनि १ घन्टा ४३ मिनेट २३ सेकेन्डको कोर्स रेकर्ड बनाउँदै पहिलो स्थान हात पारेका छन् । हुमी र उषाको जोडी हाई अल्टिच्युड ट्राई–एड्भेन्चरको दोस्रो संस्करणमा उपविजेता भएको थियो ।आर्मीका उषा खनाल र मन्जु कुमारी खड्का (१ घन्टा ५० मिनेट ३६ सेकेन्ड) दोस्रो भइन् । आर्मीकै केसरी थापा मगर र सुधा राईको २ घन्टा १८ मिनेट मिनेटमा दुरी पार गर्दै तेस्रो भइन् ।

महिलाको विजेता हुमी र इन्द्रकलाले १ लाख, उपविजेता उषा र मन्जुले ७५ हजार र तेस्रो भएको आर्मीकै केशरी र सुधाले ५० हजार रुपैया प्राप्त गरेका छन् । दुई संस्करणमा स्वदेशी खेलाडीले प्रतिस्पर्धा गरेको हाई अल्टिच्युड ट्राई–एड्भेन्चरलाई यसपटककदेखि अन्तर्राष्ट्रिय स्तरमा आयोजना गरेको हो ।

प्रतिक्रिया