बुटवल उपमहानगरकाे मेयरमा खेलराज पाण्डेय विजयी

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा पाँच दलको गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डे फराकिलो मतान्तरले विजयी भएका छन् । उनले एमालेकाे २२ वर्षको बिरासत ढाल्न सफल भएका छन् ।

एमालेका उम्मेदवार बाबुराम भट्टराईलाई ७ हजार ५३३ मतान्तरले पराजित गर्दै पाण्डे नगर प्रमुखमा निर्वाचित भएका हुन् । पाण्डेले ३० हजार १३० मत ल्याए भने, उनका प्रतिस्पर्धी भट्टराईले २२ हजार ५९७ मात्र ल्याउन सके । उपप्रमुखमा भने नेकपा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भइन् ।

त्यस्तै उपप्रमुख गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का चीनबहादुर गुरुङलाई ७ हजार ९९४ मतले पराजित गर्दै उपप्रमुखमा निर्वाचित भएकी हुन् । अर्यालले २४ हजार ९०४ मत ल्याउँदा गुरुङले १६ हजार ९८० मत मात्र ल्याउन सके ।

१९ वटा वडा रहेको बुटवलमा ९० हजार १६ मतमध्ये यहाँ ६३ हजार १७ मत खसेको थियो । २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २ हजार ३९८ मतले पराजित भएका पाण्डे पाँच वर्षपछि भारी मत अन्तरले पश्चिम नेपालकै प्रमुख सहरको रूपमा पहिचान बनाएको राजनीतिक केन्द्र बुटवलमा प्रमुख बन्न सफल भएका हुन् ।

१९ वटा वडा रहेको बुटवलमा ५ वटा वडाध्यक्ष र उपमेयर एमालेले जितेको छ भने १ मा समाजवादी, १ मा माओवादी, १ मा स्वतन्त्र उम्मेदवारले जितेका छन् भने ११ वटामा वडामा कांग्रेसले जितेको छ । गत निर्वाचनमा एमालेले १६ वटा जित्दा ३ वटामा मात्रै कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया