काठमाडौंकाे पछिल्लाे अपडेट : स्थापितलाई कडा टक्कर दिँदै सिर्जना

काठमाडौं । काठमाडौं महानगरपालिकाको ९१ हजार ९७२ मत गन्दा मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन) ३३ हजार ६२४ मत प्राप्त गरी अग्रस्थानमाका कायम छन् ।

नेकपा एमालेका उमेदवार केशव स्थापित १८ हजार १८९ मतका साथ दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले १८ हजार ५४ मत प्राप्त गरी स्थापितलाई कडा टक्कर दिँदै तेस्रो स्थानमा छिन् । काठमाडौं महानगरपालिकामा अहिले वडा नं. ७, ९, १०, २४, २५, २६, २७ र ३१ को मतगणना भइरहेको छ ।

प्रतिक्रिया