धनगढीमा ४२ हजार २३० मतगणना हुँदा कसको मत कति ?

धनगढी । धनगढी उपमहानगरपालिकाको मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म धनगढीमा ४२ हजार २३० मतगणना भएका छ । शुक्रबार बिहान सार्वजनिक गरिएको विवरण अनुसार धनगढी उपमहानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १९ हजार १४७ मतका साथ अग्रता कायमै राखेका छन् ।
सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले ९ हजार ५५७ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका उम्मेदवार रणबहादुर चन्दले ४ हजार ६६४ मत प्राप्त गरेका छन् । हमाल र उनका निकटतम प्रतिस्पर्धी वडबीच ९ हजार ५९० मतको अन्तर रहेको छ ।

उपप्रमुखमा गठबन्धनकी उम्मेदवार नेकपा (माओवादी केन्द्र)की शान्ति अधिकारीले ८ हजार ८१५ मतका साथ अग्रता कायमै राखेकी छन् । नेकपा एमालेकी कन्दकला रानाले ८ हजार १४१ मत प्राप्त गरेकी छन भने स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६ मत प्राप्त गरेका छन् । १९ वटा वडा रहेको धनगढीमा ६३ हजार ७१५ मत खसेको थियो ।

प्रतिक्रिया