समृद्धि फाइनान्स र भज्जु चुल्हो बीच सहकार्य

काठमाडौ । समृद्धि फाइनान्स र चितवनमा रहेको नेवारी खाजा घर भज्जु चुल्हो बीच सम्झौता भएको छ । सम्झौतामा समृद्धि फाइनान्सका कार्मचारी तथा खातावाललाई खाना तथा पेय पदार्थमा ५ हजार रुपैया सम्मको बिलमा १० प्रतिशत र ५ हजार भन्दा माथिको बिलमा १२ प्रतिशत छुट दिने सम्झौता भएको हो ।


उक्त सम्झौतामा फाइनान्सको तर्फबाट संस्थाको चितवन शाखा प्रवन्धक बिकास सापकोटा र भज्जु चुल्होका संचालक पार्वती श्रेष्ठले हस्ताक्षर गरेको संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिएका हुन ।
फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाता समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल ५ ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया