टीकापुरमा रेशम चौधरीले पार्टीले जित्याे मेयर

काठमाडौं । कैलालीको टीकापुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले मेयर जितेको छ । जेलबाटै पार्टी खोलेका चौधरीको दल स्थानीय तह निर्वाचनमा सहभागी भएकामा टीकापुरमा जितको खाता खोलेको हो । उनको पार्टीबाट मेयरको उम्मेदवार रहेका रामलाल डगौरा थारु ९ हजार ६४२ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका नवराज रावल ६ हजार ६४२ मत ल्याएर पराजित बने । उपमेयरमा भने माओवादी विजयी भएको छ। माओवादीका खडकबहादुर शाह विजयी भएका हुन् । उपमेयरमा चौधरीको पार्टी भने पराजित बन्यो ।

प्रतिक्रिया