१९ अर्ब बाहिरियो

काठमाडौ । बैकिग प्रणालीबाट करिव १९ अर्ब रुपैया बाहिरीएको छ । स्थानिय तहको निर्वाचनले आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा गरिएको थियो । तर त्यसको विपरीत बैकिंग प्रणलीबाट ठुलो रकम बाहिरिन सहयोग पु¥यएको नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्याकंले देखाएको हो ।
चालु आर्थिक बर्षको चैत मसान्तको तुलनामा वैशाख मसान्त सम्ममा वाणिज्य बैंकहरूबाट निक्षेप १८ अर्ब ९२ करोड रूपैयाँले घटेको संघले सार्वजनिक गरेको तथ्याकमा उल्लेख छ ।

विदेशी मुद्रामा खोलिएको निक्षेप खातामा एक अर्ब रूपैयाँले निक्षेप घट्दा स्वेदेशी मुद्रामा रहेको निक्षेप भने १७ अर्ब रूपैयाँले घटेको छ । नेपाल आयल निगमले भारतीय आयल निगमलाई दिएको भुक्तानीको कारण निक्षेप घटेको आकलन गरिएको छ । यदि भारतीय आयल निगमलाई भुक्तानी गरेको कारण मात्रै रकम बाहिरिएको हो भने स्थानिय निर्वाचनमा प्रयोग भएको रकम बैकिग प्रणालीमा आउन सक्ने संभावना पनि देखिएको छ ।

रकम बाहिरिने बैकमा सबैभन्दा धेरै एनआइसी एशिया बैंकबाट ६ अर्ब रूपैयाँले निक्षेप घटेको छ । एभरेष्ट बैैंकमा भने २ अर्ब ४८ करोड रूपैयाँले निक्षेप बढेको छ। निक्षेपमा गिरावट आएसंगै बैंकहरूको कर्जा लगानी समेत करिब ६ अर्ब रूपैयाँले घटेको छ । बैंकहरूले आगामी असार मसान्तसम्म कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ९० मा सीमित पार्नुपर्ने भएकोले पनि कर्जा घटाएको हुन सक्ने आकलन गरिएको छ । निर्वाचनको कारण व्यवसायीले कर्जाको सिमा घटाएको तथा केही ऋण तिरेको कारण कर्जा लगानी घटेको हुनसक्ने आकलन बजारले गरेको छ । अहिले बैंक तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ९० दशलमव ४४ प्रतिशत रहेको पनि संघले जनाएको छ ।

प्रतिक्रिया