धनगढीमा ३ हजार बढी मतान्तरले गोपाल हमालको अग्रता

धनगढी । धनगढी उपमहानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले ३ हजार २ सय ४२ मत अन्तरले अग्रता लिएका छन् । सुरुआत देखि अग्रता लिएका हमालले मतान्तर फराकिलो बनाउँदै गएका हुन ।

हालसम्म धनगढीमा १४ हजार ७ सय ३६ मतगणना गर्दा हमालले ६ हजार ५ सय ९६ मत प्राप्त गरेका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले ३ हजार ३ सय ५४ र नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले १ हजार ६ सय ७४ मत प्राप्त गरेका छन् । हमाल र उनका निकतम प्रतिद्धन्दी वडबीच ३ हजार २ सय ४२ मतको अन्तर रहेको छ ।

उपप्रमुखमा सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)की शान्ति अधिकारी २ हजार ९ सय ४० मतका साथ अग्रस्थानमा छन भने नेकपा एमालेकी कन्दकला रानाले २ हजार ८ सय ४५ मत प्राप्त गरेकी छन भने स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६ सय ४७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया