सल्यानको शारदा नगरपालिकामा कांग्रेस र कपुरकोटमा समाजवादी विजयी

सल्यान । सल्यानको शारदा नगरपालिकामा नेपाली काग्रेस विजयी भएको छ । नगरपालिकमा नगर प्रमुखमा प्रकाश भण्डारी र उप प्रमुखमा काग्रेसकै सुस्मिता सापकोटा विजयी हुनु भएका हुन् । भण्डारीले ६ हजार १ सय २७ मत प्राप्त गरी विजयी हुनु भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मनोज प्रधानले ४ हजार ९ सय ३७ मत प्राप्त गरेका छन् । शारदा नगरपालिकामा माओवादी र समाजवादी वीच चुनावी गठवन्धन भएको थियो ।

यस्तै उप प्रमुखमा सुस्मिता सापकोटाले ५ हजार ३ सय ८० मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एकिकृत समाजवादीका रमेश गौतमले ४ हजार ५ सय २२ मत प्राप्त गरेका छन् । शारदा नगरपालिकामा यस अघि पनि दुवै पदमा नेपाली काग्रेस विजयी भएको थियो । नगरपालिका भित्रका १५ वटा वडाहरु मध्ये नेपाली काग्रेसले ८ वडाध्यक्ष, एमालेले ५ वडाध्यक्ष र माओवादी केन्द्र र समाजवादीले १/१ वडाध्यक्ष हात पारेका छन् ।

यस्तै कपुरकोट गाउँपालिकामा गठवन्धन विजयी भएको छ । गाउँपालिका अध्यक्षमा एकृतिक समाजबादीका दुर्गा पुन र उपाध्यक्षमा माओवादी केन्द्रका प्रकाश भण्डारी विजयी हुनु भएका हुन् । गाउँपालिका अध्यक्ष पदमा पुनले ३ हजार १ सय ६० मत सहित विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका भिम बहादुर सेनले २ हजार ९ सय ३६ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका प्रकाश भण्डारीले ३ हजार २ सय ४० मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी एमालकी भिम वुढाथोकीले २ हजार ७ सय ४५ मत प्राप्त गरेकी छिन् । ६ वटा वडा रहेको कपुरकोट गाउँपालिकामा ३ वडामा एमाले, १ वटामा नेपाली काग्रेस, १ वटामा माओवादी केन्द्र र १ वटामा राप्रपा (हलो) विजयी भएका छन् ।

१० वटा स्थानीय तह रहेको सल्यानमा हाल सम्म ५ वटा स्थानीयत तहको नतिजा सार्वजनिक भइसकेको छ भने ५ वटा स्थानीय तहमा मत गनणना भइरहको छ । हाल सम्मको मत परिणाम अनुसार कालीमाटी गाउँपालिका र छत्रेश्वरी गाउँपालिकामा एमाले र वागचौर नगरपालिका, वनगाड कुपिण्डे नगरपालिका र दार्मा गाउँपालिकामा माओवादी केन्द्रको अग्रता कायम छ ।

प्रतिक्रिया