कीर्तिपुर नगरपालिकामा कांग्रेस विजयी

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । कांग्रेसबाट मेयरका उम्मेदवार राजकुमार नकर्मीले एमालेका रत्नकेशर बज्राचार्यलाई साढे चार हजार मत अन्तरले पराजित गरेका हुन् ।

कांग्रेसका नकर्मीले ९ हजार ४३ मत ल्याउँदा एमाले बज्राचार्यले ५ हजार ५०७ मत मात्र पाए । उपमेयरमा काँग्रेसकी रुख चुनाव चिन्हमा लडेकी जनता समाजवादी पार्टीकी नेतृत्व शुभलक्ष्मी शाक्य विजयी भएकी छन्। उनले ८ हजार ८६५ मत पाएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी एमालेकी बिन्दु महर्जनले ७ हजार २०६ मत पाएकी छन् ।

कीर्तिपुर कांग्रेसले १० मध्ये ९ वडामा अध्यक्ष जितेको छ । एउटा वडामा भने स्वतन्त्र उम्मेदवारले जितेको छ । ०७४ कीर्तिपुरको मेयर र उपमेयर एमालेले जितेको थियो ।

प्रतिक्रिया