सप्तकोशी डेभलपमेन्ट बैंकको आइतबार पनि सेवा

काठमाडौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आइतबार बैंकिङ सेवा सञ्चालन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई सातामा दुई दिन बिदा गर्न निर्देशन दिइसकेको छ ।

केन्द्रीय बैकले सातामा २ दिन बैंक वित्तीय संस्थालाई बिदाको निर्देशन दिए पनि उक्त बिकास बैकले ग्राहकको सुविधालाई ध्यानमा राख्दै आइतबार बैंकिङ सेवा सञ्चालन गर्ने जनाएको छ । यसअन्तर्गत हाल बैंकले प्रदेश नं.१ म रहेका आफ्ना ३५ शाखामध्ये १३ शाखा ९ मेनरोड विराटनगर, टंकीसुनवरी, इलाम, रंगेली, उर्लावारी, बिराटचोक, बिर्तामोड, इटहरी, धरान, धनकुटा, बसन्तपुर, दमक र पुष्पलालचोक बाट आइतबार पनि सेवा प्रदान गरेको छ ।

त्यस्तै आगामी दिनमा बजारको आवश्यकता र ग्राहकको मागबमोजिम आइतबार सञ्चालन हुने शाखा संख्या बढाउँदै लैजाने नीति बैंकले लिएको छ । आइतबार सञ्चालन हुने शाखाहरूमा बैंकले बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म सेवा प्रदान गरेको छ ।

प्रतिक्रिया