पोखरा महानगरपालिकामा नेकपा समाजवादीको अग्रता

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा नेकपा समाजवादीको अग्रता रहेको छ । महानगरपालिकाले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार ८ हजार ६९३ मत गणना हुँदा मेयरमा पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा समाजवादीका धनराज आचार्यले ३ हजार ४६५ मत लिएर अग्रतका कायम गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कृष्ण थापाले ३ हजार १०८ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाका शंकर खरालले ४६२ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २१२ मत प्राप्त गरेका छन् ।

यता उपमेयरमा पनि गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले ३ हजार ६०० मतका साथ अग्रता लिएकी छन् । यस्तै, उपमेयरमा नोकपा एमालेको तर्फबाट मञ्जुदेवी गुरूङले ३ हजार ५७५ र राप्रपाको तर्फबाट रञ्जना सेनले ४३२ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया