डडेलधुरा । डडेलधुराको आलीताल गाउँपालिकाको वडा नम्बर ३ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवार बल वहादुर वुढामगर ६३२ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका टेक राज पाण्डेयले ३४९ मत प्राप्त गरे । नेकपा एमालेका उम्मेदवार दान बहादुर धामीले ६३ मत प्राप्त गरे । आलीताल ३ को महिला वडा सदस्य, दलित महिला सदस्य र खुला सदस्य २ पदमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भए ।
८ वटा वडा रहेको आलीताल गाउँपालिकामा जारी मतगणनाअन्तर्गत हालसम्म वडा नम्बर १, २, ३, ७ र ८ को अन्तिम मतपरिणाम प्राप्त भएको छ । जसमध्ये माओवादी केन्द्रले ३ र ७ मा वडाध्यक्ष जितेको छ ।
नेपाली कांग्रेसले वडा नम्बर २ र ८ मा वडाध्यक्ष जितेको छ भने नेकपा एमालेले वडा नम्बर १ को वडाध्यक्ष जितेको छ ।
प्रतिक्रिया