धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै रहेको छ ।
२ हजार ९ सय ५३ मतगणना हुँदा हमालले १ हजार ३ सय ८६,सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले ८ सय ७ र नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले १ सय ४३ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा सुरुवात देखि नै अग्रता लिएकी सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) की शान्ति अधिकारीले पनि अग्रता कायमै राखेकी छन् ।
अधिकारीले ६ सय ८१, नेकपा एमालेकी कन्दकला रानाले ३ सय ८४ मत पाएकी छन् भने स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४ सय ८१ मत प्राप्त गरेका छन् । अहिले वडा नं १ को मतगणना भइरहेको छ ।
कैलाली
प्रतिक्रिया