०७४को निर्वाचनमा ७४.१६ प्रतिशत मतदान

बारा । मुलुक नयाँ संरचनामा गएपछि भएको दोस्रो स्थानीय तहको निर्वाचनमा (अघिल्लो वर्ष) २०७४ सालको निर्वाचनमाभन्दा झण्डै दश प्रतिशत कम मतदाता मतदान प्रक्रियामा सहभागी भएको तथ्यांक आएको छ । गत वर्षको तुलनामा मतदान गर्ने कम हुनुलाई मतदातामा उत्साह नदेखिएको सहजै अनुमान लगाउन सकिन्छ । प्रजातन्त्रमा यो राम्रो संकेत होइन् । राजनैतिक दल र कार्यकर्ताको सहभागिता बढे जस्तो मतदातामा उत्साह नबढ्नु राम्रो संकेत भने होइन् । नेता र कार्यकर्ताले हालेको भोटले मात्रै निर्वाचन जित्नुलाई आमजनताको साथ रहेको मान्न सकिएला वा नसकिएला ! यो पनि गभिर प्रश्न हो । यसमा राजनैतिक दलले समिक्षा गर्नु पर्ने देखिन्छ । मतदान प्रक्रियामा आम जनताको उत्साह किन घट्यो ? त्यसलाई गहिरो गरी बुझनु जरुरी छ ।

विभिन्न कारणले मुलुकमा १८ स्थानीय तहको ४१ केन्द्रमा पुनःमतदान हुनै छ । ती स्थानमा मतदान रोकिएकाले पुनःमतदान हुन लागेको हो । त्यसको परिणाम नआउँदासम्म कुल खसेको मतको स्पष्ट आकार आउन बाँकीनै छ । उक्त स्थानमा परिणाम आए पछि पूर्णरुपमा अवस्था भन्न सकिन्छ । तर निर्वाचन आयोगले शुक्रवार साँझ दिएको जानकारी अनुसार मुलुकभर झण्डै ६४ प्रतिशतले मत खसालेका छन् । यो गत वर्षको भन्दा १० प्रतिशत कम हो ।
तर निर्वाचन आयोगका एकजना पूर्वसचिवले त्यसको कारण गठबन्धन हुँदा त्यसलाई नरुचाउने कतिपय प्रतिबद्ध मतदाता भोट नहालेको एवं पछिल्ला पाँच वर्षमा राजनीतिक उत्साहमा समेत कम आएको हुनसक्ने अनुमान लगाएका छन् । त्यसको पछि राजनैतिक दलको काम र भूमिका पनि हुन सक्छ ।

यसअघिको निर्वाचनमा ७४.१६ प्रतिशत मत खसेको थियो । यो अहिलेको भन्दा बढी प्रतिशत हो । अघिल्लो निर्वाचनमा चुनाव वैशाख, असार र असोजमा गरेर तिन चरणमा भएको थियो । यो पटक एकै चरणमा निर्वाचन भएको छ । अघिल्लो पटकको निर्वाचनमा १ करोड ४० लाख ७४ हजार ४२४ जना योग्य मतदाता रहेकामा अहिले एक करोड ७७ लाख ३३ हजार ७२३ मतदान छन् । वैदेशिक रोजगारी, सरकारी काम वा व्यवसायका कारण आफ्नो मतदान केन्द्रभन्दा बाहिर भएकाले पनि कम मत खस्नु एउटा स्वभाविक कारण मानिएको छ ।

‘लोकतान्त्रिक पद्धतिमा मतदाताहरू सुरुसुरुका वर्षमा एकदमै उत्साहित हुने र त्यसपछिका वर्षमा कम हुँदै जाने प्रवृत्ति पनि देखिन्छ,’ आयोगका एकजना पूर्वसचिव शारदाप्रसाद त्रितालले भने, ‘२०७४ सालमा नयाँ संविधान बनेपछि पहिलो स्थानीय निर्वाचन थियो, त्यसै वर्ष सबै खाले निर्वाचन पनि भएका थिए । त्यतिखेर मानिसलाई जति उत्साह थियो यस पाँच वर्षका कामले गर्दा त्यो उत्साह केही घटेको पनि हुनसक्छ ।’

यो पटकको निर्वाचनमा मतदाता भएका ठाउँ काठमाडौं महानगर जस्ता स्थानमा आधाजसो मतदाता भोट हाल्न नजानुलाई मतदातामा निरासा बढेको हुनसक्ने देखिन्छ । निर्वाचन जितेर गएकाले जनताको चाहना अनुसार काम गर्न नसक्दा पनि जनतामा उत्साह भन्दा बढी निरासा बढेको अनुमान लगाउन सकिन्छ ।

दलहरुले घोषणापत्र राम्रो बनाउने, आश्वासन बाडने तर त्यस अनुसार काम गर्न नसक्दा पनि जनतामा आफैले निर्वाचित गरेको नेतृत्व प्रति विश्वास घटेको हो । त्यसैले जनतामा विश्वास दिलाउन र मतदान प्रक्रियामा उत्साह बढाउन मतदाताको बीचमा बोले अनुसार काम गर्न पर्ने देखिन्छ । मतदाता बढनु र मतदानमा सहभागिता घटनु राम्रो पक्ष होइन् (एजेन्सीको सहयोगमा )

प्रतिक्रिया