काठमाडौंमा १२८० मत गणना गर्दा, कसकाे कति ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका लागि भएको मतदानको मतगणना जारी छ । अहिलेसम्म तीनवटा वडाको करिब १२८० मतगणना भएको छ । जसमध्ये स्वतन्त्र उमेदवार बालेन शाहले ४१३ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले ३६६ मत प्राप्त गरेका छन् ।

कांग्रेसकी सिर्जना सिंहले भने २३३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । त्यसैगरी राप्रपा उमेदवार मदनदास श्रेष्ठले ४१ मत र विवेकशील साझाकी उमेदवार समीक्षा बास्कोटाले ११ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया