बकैयामा एक पुरुषको शव फेला

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ । गाउँपालिका–२ को कैलेनी भिर नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्थानीयले खोला नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अहिलेसम्म पहिचान नखुलेको र शवलाई हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया