७० प्रतिशत बिरामी भारतबाट आउँछन्

रवीन्द्रलाल चौधरी, अध्यक्ष सगरमाथा चौधरी आँखा अस्पताल

सामाजिक कामका लागि जग्गा दान गर्ने नेपालमा दर्जनौँ व्यक्तिहरू छन् । यस्ता काम गर्नेमध्ये कतिपयले आपूmले गरेको कामको बारेमा बाहिर हल्ला खल्ला गर्दैनन् । यसरी अर्बौं मूल्य बराबरको जग्गा दान दिएर पनि चर्चामा आउन नचाहने थोरै व्यक्ति मध्ये एक हुन रवीन्द्रलाल चौधरी र उनको परिवार । चौधरी परिवारले सिराहाको लाहानमा सगरमाथा चौधरी आँखा अस्पताल सञ्चालनका लागि साढे २५ बिघाभन्दा बढी जग्गाका उपलब्ध गराएको छ । अन्धोपन निवारणको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै आँखा उपचार क्षेत्रको नोबेल पुरस्कार ‘अन्टोनियो चम्पालिमउड भिजन अवार्ड २०१३’ बाट यो अस्पताल सम्मानित भएको छ । अस्पतालाई यो उचाइमा पुर्याउने रविन्द्रलाल पनि नेपाल नेत्र ज्योति संघबाट सम्मानित भइसकेका छन् । प्रस्तुत छ, उनै दानवीर सगरमाथा चौधरी आँखा अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरीसँग सौर्यकर्मी राजेश वर्मा ले गरेको कुराकानीको सारसंक्षेप:

आँखा अस्पताल खोल्ने प्रेरणा कसरी पाउनुभयो ?

मेरो बुबाका ६ दाजुभाइ हुनुहुन्थ्यो । त्यसमध्ये कान्छो काका सरोवरलाल चौधरी बाल्यकालदेखि मोतियाविन्दुबाट पीडित हुनुहुन्थ्यो । उहाँको आँखाको शल्यक्रिया गर्न तत्कालीन समयमा त्यति सहज थिएन । जल्दोबल्दो अस्पताल एउटा भारतको उत्तर प्रदेशस्थित सीतापुरमा थियो । अर्को विहारको दरभंगास्थित मिर्जापुरमा थियो । तर दरभंगामा पनि सीतापुरकै आँखाको डाक्टर पहवा आउनुहुन्थ्यो । हामीले कान्छो काकालाई लिएर दरभंगा गयौँ ।

त्यहाँ डा. पहवाले नै आँखाको शल्यक्रिया गर्नुभयो । शल्यक्रियापछि कान्छो काका राम्ररी आँखा देख्न थाल्नुभयो । काकालाई आँखासम्बन्धी यो काम निक्कै राम्रो लाग्यो । अर्थात् देख्नै नसक्नेलाई उपचारको सहयोगमा देख्न सक्नु बनाउनु निक्कै ठूलो कुरा लाग्यो र हामीमा प्रेरणा पनि थप्यो । हामीलाई लाग्यो, यस्तै अस्पताल नेपालमा पनि खुलेको भए असंख्य नेपाली आँखाका बिरामीको स्वदेशमै सुलभ रूपमा हुन सक्छ र उनीहरू यो संसार आनन्दले देख्न सक्छन् ।

अस्पताल चल्छ चल्दैन भनेर अध्ययन अनुसन्धान केही गर्नुभयो कि ?

त्यही वेला जर्मनीको आँखासम्बन्धी विशिष्ट संस्था क्रिस्टोफेल ब्लाइन्डेन मिसन जर्मनी (सिबिएम) ले सगरमाथा अञ्चलमा एउटा सर्वेक्षण गरेको थियो । नेपाललाई अन्धोपन निवारणमा सहयोग गर्न मिसन सन् १९८१ डिसेम्बरमा नेपाल आएको थियो । यो सर्वेक्षणले अन्धोपनाको समस्या शून्य दशमलव ८४ प्रतिशत रहेको तथ्य बाहिर निकाल्यो । सन् २०१० मा गरिएको सर्वेक्षणले यो ग्राफ घटेर शून्य दशमलव ३५ प्रतिशतमा झरेको देखाएको छ ।

उक्त संस्थाले यो क्षेत्रमा विशिष्टकृत सुविधासहितको एउटा आँखा अस्पताल आवश्यक रहेको निश्कर्ष पनि निकालेको थियो । यो अध्ययनको प्रतिवेदनले हामीलाई आँखा अस्पताल निर्माण हुनुपर्छ भन्ने विषयमा हामीलाई थप हौस्यायो । भन्नुस् न् हामीलाई ऊर्जा दिनुका साथै झक्झकायो ।

अस्पतालको उदघाट्न स्वर्गीय राजा वीरेन्द्रबाट हुने निधो भएको थियो । त्यति बेला सूर्यबहादुर सेन ओली अञ्चलाधीश हुनुहुन्थ्यो । उहाँले राजालाई त्यतिकै दर्शन गर्न पाइँदैन, बाहुलीमा केही दान गर्नुपर्छ भनेर सुझाव दिनुभयो । हामीसँग पैसा त थिएन । बरु साढे दुई बिघा जग्गा थप्न सक्छौँ भनेर जानकारी गरायौँ । अस्पतालको कम्पाउन्डवालसँगै टाँसिएको साढे दुई बिघा जग्गा हामीले राजा वीरेन्द्रको बाहुलीमा चढायौँ ।

यहि क्रममा करिब ३०/३२ सालतिर हामीले लाहानमा जेसिजको शाखा खोल्यौँ । जेसिज र रेडक्रसको सहयोगमा तत्कालीन समयमा आँखाको उपचार शिविर लाहानको पशुपति माध्यमिक विद्यालयमा सञ्चालन ग¥यौँ । त्यो शिविरमा हामीले भारतको दरभंगाबाट आँखाका डाक्टर डिएन सहाय र गगनदेव सिंहलाई बोलाएका थियौँ । त्यो वेला शिविरबाट ६० जनाको आँखाको शल्यक्रिया गरी देख्न सक्ने बनाइएको थियो । यो शिविरले हामीमा थप ऊर्जा प्रदान गर्न सफल भयो र हामीलाई यो क्षेत्रमा थप केही हौस्यायो ।

अस्पतालको लागि स्रोत कसरी जुटाउनुभयो ?

त्यसबेला जर्मनीको संस्था सिबिएमले लाहानको रामप्रसाद शारदा र उमाप्रसाद मुरारका अस्पतालको दुई कोठाबाट १२ बेडको सुविधासहित सगरमाथा आई केयर सेन्टरको नामबाट आँखासम्बन्धी उपचार गर्ने काम सुरु गर्यो । यो सेन्टर थोरै समयमा निक्कै ख्याति कमाउन सफल भयो । बिरामीको चाप बढेर थेग्नै गाह्रो भयो । त्यसपछि छुट्टै भौतिक पूर्वाधारसहितको आँखासम्बन्धी ठूलो अस्पताल बन्नुपर्ने आवश्यकता महसुस भयो । यो आवश्यकतासँगै जग्गाको खोजी गर्ने काम सुरु भएको थियो । जग्गा उपलब्ध नभए अन्धोपना निवारण गर्ने उक्त मिसन नै बन्द हुने र मिसन नै फिर्ता जाने अवस्थामा पुगेको थियो ।

जग्गा उपलब्धताका लागि जर्मनीको सिबिएमका प्रतिनिधि डाक्टर एलब्रेच्ड हेनिङले हाम्रो पशुपति माध्यमिक विद्यालयका हेडमास्टर कामेश्वर चौधरीसँग सम्पर्क गर्नुभयो । हम्वर्टले अत्याधुनिक आँखा अस्पताल खोल्न आवश्यक पर्ने जग्गा दानमा दिने व्यक्ति खोजी गरिदिन चौधरीसँग छलफल गर्नुभयो । यहाँबाट सुरु भयो जग्गा खोज्ने काम । यसरी खोजीनीतिको क्रममा उहाँहरू हाम्रो घरमा आउनुभयो ।

उहाँहरू हाम्रो दाई पदमनारायण चौधरीसँग छलफल गर्नुभयो । सुरुमा १५ कठ्ठा जग्गा भए अस्पताल खोल्न पुग्ने कुरा आयो । त्यसपछि छलफलको क्रममा ठूलो संख्यामा आउने बिरामीलाई १५ कठ्ठाको क्षेत्रफलमा निर्माण हुने भौतिक पूर्वाधारले पुग्दैन भन्ने निष्कर्ष निकालियो । अन्तिममा चौतर्फी छलफलपछि पाँच बिघा जग्गा आवश्यक पर्ने विषय टुंगो लाग्यो । अस्पताल निर्माणपश्चात् डा. हेनिङ लामो समयसम्म यो अस्पतालमा निर्देशक भएर पनि काम गर्नुभएको थियो ।

तपाईंसहित तपाईंको परिवारले कति जग्गा दान गर्नुभयो अस्पताल सञ्चालनका लागि ?

अस्पताल निर्माण गर्न पाँच बिघा जग्गा आवश्यक पर्ने सबैतिरबाट टुंगो लागेपछि सबैले हामीलाई जग्गा दानमा उपलब्ध गराइदिन आग्रह गर्नुभयो । हामीले हाम्रो संयुक्त परिवारका तर्फ (काका छविलाल चौधरी, काका सरोवरलाल चौधरी र बुबा जिरालाल चौधरीको तर्फबाट म रवीन्द्रलाल चौधरी) बाट सुरुमा पाँच बिघा जग्गा (जहाँ अस्पतालको भौतिक पूर्वाधार अहिले निर्माण भएको छ) दान दियौँ ।

त्यसपछि काम गर्दै जाँदा फेरि अर्को समस्याको विषयमा छलफल भयो । यति ठूलो अस्पताल चलाउँदा भविष्यमा नचलेको अवस्थामा आर्थिक भार कसरी थेग्ने ? यो विषयमा छलफल हुँदा संस्थालाई घाटामा जान नदिन बर्सेनि तीन लाख (आजभन्दा ४० वर्ष पहिले) रुपैयाँ दाता परिबारले उपलब्ध गराइदिनुपर्ने कुरा आयो । हामीले नगदको साटो बरु जग्गा उपलब्ध गराइदिन्छौँ, त्यो जग्गामा उत्पादन हुने बस्तु बिक्री गरेर घाटामा गएको अवस्थामा अस्पतालको आर्थिक भारलाई कम गर्न सकिन्छ भनेर हामीले हाम्रो कुरा सुनायौँ ।

बजारमा झोले डाक्टरहरू छन, जसले हाम्रै संस्थाको नाममा बिरामी ठगिरहेको प्रसस्तै भेटिन्छ । यस्ता झोले डाक्टर र संस्थाहरूलाई सरकारले अनुगमन गरेर नियन्त्रण गर्नुपर्छ । संस्थाहरू थप खुल्नुपर्छ, तर एउटा मेडिकल प्रोटोकलभित्र रहेर खुल्नुपर्छ । यसमा सरकारबाट निगरानी हुन आवश्यक छ ।

त्यही सन्दर्भमा तत्कालीन सप्तरी जिल्लाको हर्दिया गाविसमा १८ बिघा जग्गा खरिद गरी उक्त अस्पताललाई दानमा दियौँ । अहिले त्यो जग्गामा विभिन्न प्रकारका रुखहरू हुर्काइएको छ । माछा फार्म, आँपको बगैँचा, बाँसको विरुवा उत्पादनको काम हुन्छ । बाँसकै विरुवा बिक्री गरेर वार्षिक चार लाख रुपैयाँसम्म आम्दानी हुन्छ । अस्पालको नामाकरण कसरी भयो जग्गा त दियौँ, अस्पतालको नामाकरण कसरी गर्ने भनेर त्यसपछि कुरा आयो ।

डाक्टर हम्वर्ट हेनिङले सगरमाथा छविलाल चौधरी, सरोवारलाल चौधरी र जिरालाल चौधरीको तर्फबाट म अर्थात रविन्द्रलाल चौधरीको नाममा आँखा अस्पतालको नाम राख्दा निक्कै ठूलो देखिने भयो भनेर चासो राख्नुभयो । यसपछि हामीले नै नाम हटाउनुस् चौधरी मात्रै राख्नुस् भनेर सुझाव दियौँ । यो सुझावको आधारमा सगरमाथा आई केयर सेन्टरबाट सगरमाथा चौधरी आँखा अस्पतालमा परिणत भयो ।

अस्पतालको औपचारिक उद्घाटन कहिले भयो ?

सन् १९८२ मा स्थापना भएको यो अस्पतालको सन् १९८६ मा उदघाट्न भएको थियो । यही वेलादेखि यो अस्पतालले बिरामीलाई सेवा दिन थालेको हो । अस्पतालको उदघाट्न स्वर्गीय राजा वीरेन्द्रबाट हुने निधो भएको थियो । त्यति बेला सूर्यबहादुर सेन ओली अञ्चलाधीश हुनुहुन्थ्यो । उहाँले राजालाई त्यतिकै दर्शन गर्न पाइँदैन, बाहुलीमा केही दान गर्नुपर्छ भनेर सुझाव दिनुभयो । हामीसँग पैसा त थिएन ।

बरु साढे दुई बिघा जग्गा थप्न सक्छौँ भनेर जानकारी गरायौँ । अस्पतालको कम्पाउन्डवालसँगै टाँसिएको साढे दुई बिघा जग्गा हामीले राजा वीरेन्द्रको बाहुलीमा चढायौँ । राजा वीरेन्द्रले त्यतिवेला नै उक्त जग्गाको लालपूर्जा अस्पताललाई हस्तान्तर गर्नुभयो । यसरी हामीले साढे सात बिघा जग्गा हामीले दियौँ । यसबाहेक अस्पताल वरिपरी रहेको थप साढे दुई बिघा जग्गा अस्पतालकै आयस्रोतबाट थप खरिद गरी अस्पताललाई उपलब्ध गराइदियौँ । अहिले यो अस्पताल भौतिक पूर्वाधार र कम्पाउन्डसहित १० बिघा क्षेत्रफलमा फैलिएको छ ।

आँखा अस्पताललाई जम्मा कति जग्गा दिनुभयो र यसको बजार मूल्य कति छ ?

मैले (मसहित मेरो दुई काकाले गरेर) साढे २५ बिघा जग्गा यो अस्पताललाई उपलब्ध गराएको छु । यो जग्गाको बजार भाउअनुसार मूल्यांकन गर्न निक्कै कठिन छ । अहिलेको चलन चल्तीको बजार मूल्यअनुसार यसको मूल्य अर्बभन्दा माथि पुगेको छ । हर्दियामा किनेको जग्गा चार÷पाँच सय कठ्ठाको दरमा किनेका थियौँ । अहिले त्यसको मोल २० लाख कठ्ठा पुगेको छ । अस्पताल निर्माण भएको जग्गाको मूल्य त्यो वेला करिब एक हजार प्रतिकठ्ठा थियो । आज पैसाले भ्याउन नसक्ने अवस्थामा यो जग्गा पुगेको छ । अनुमान गर्नै कठिन छ, यसको मोलको विषयमा ।

अस्पताल सेवाप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ?

जग्गा दान गरेपछि त्यसको संरक्षण गर्ने जिम्मेबारी पनि निश्चय नै दाताकै काँधमा पर्न आउँछ । त्यहि सन्दर्भमा नेपाल नेत्र ज्योति संघसँग जुन एउटा सम्झौता छ, त्यो सम्झौताअनुसार यो अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष दाता तीन जना परिवारकै एक जना हुनेछ भनेर व्यवस्था गरिएको छ । मेरो दुवै जना काका बित्नुभयो । अहिले म मात्रै छु ।

अहिले यो अस्पतालको जिम्मेवारी मेरै काँधमा सुम्पिएको छ । अस्पतालको सेवा सुविधा निक्कै राम्रो छ । मैले भन्दा विश्वास लाग्दैन होला । तर, एकपटक आएर यहाँ हेर्न सकिन्छ । यो अस्पतालको सेवाबाट बिरामीहरू निक्कै सन्तुष्ट छन् । यहाँ ७० प्रतिशतको हाराहारीमा भारतको २९ वटै प्रदेशका कुना काप्चाका बिरामी बस रिजर्ब गरेर उपचारका लागि आउँछन, यही हो हामीले कमाएको प्रतिष्ठा । यसबाहेक बंगलादेश, भुटानसहित आक्कलझुक्कल म्यानमारका पनि आउँछन् । बाँकी हाम्रो नेपालकै कुना काप्चाका बिरामी आउनुहुन्छ ।

यो अस्पतालबाट बार्षिक तीन करोड रुपैयाँ बराबरको अनुदान रकमबाट निःशुल्क उपचारको सेवा दिँदै आएका छौँ । पैसा हुने बिरामीबाट पैसा लिन्छौँ नहुनेबाट यही अनुदान रकमबाट उपचार गरेर घर पठाइदिन्छौँ । पैसा नहुने बिरामीलाई उपचारमा लाग्ने सम्पूर्ण खर्च, आवास व्यवस्थापन, खानपान र यातायात खर्च पनि यही अनुदान रकमबाट बेहोर्दै आएका छौँ । हाम्रो मूल उद्देश्य नै पैसा अभावका कारण कोही दृष्टिविहीन बन्नु नपरोस् भन्ने हो ।

यहाँ ७० प्रतिशतको हाराहारीमा भारतको २९ वटै प्रदेशका कुना काप्चाका बिरामी बस रिजर्ब गरेर उपचारका लागि आउँछन, यही हो हामीले कमाएको प्रतिष्ठा । यसबाहेक बंगलादेश, भुटानसहित आक्कलझुक्कल म्यानमारका पनि आउँछन् ।

अस्पतालको भावी योजना के के छन् ?

अस्पतालको पुरानो भौतिक संरचनालाई सुधार गर्न आवश्यक भएको छ । बिरामीको चापका कारण हाल भएको भौतिक पूर्वाधारले अब थेग्न नसक्ने निष्कर्ष सन् २००० मा नै हामीले निकाल्यौँ । अर्को आँखा अस्पताल बनाउनुपर्छ भन्ने हाम्रो ठम्याइ भयो । यसै सन्दर्भमा गृहकार्य गर्दै जाँदा सन् २००५ सालमा विराटनगरमा पनि अर्को आँखा अस्पताल निर्माण गर्यौँ । यो अस्पताल साढे ११ बिघा जग्गामा छ ।

बिराटनगरस्थित अस्पतालबाट पनि वार्षिक रूपमा एक करोड रुपैयाँ बराबरको निःशुल्क उपचार सेवा उपलब्ध गराएका छौँ । लाहान र विराटनगर गरी दुवै अस्पतालबाट वार्षिक रूपमा डेढ लाख बिरामीको आँखाको शल्यक्रिया हुन्छ र ती दुवै अस्पतालबाट मात्रै वार्षिक ४५ लाखभन्दा बढी बिरामीको ओपिडी हेर्छौं । दुवै अस्पतालको २८ वटा आँखा उपचार केन्द्र सञ्चालित छन् । सिराहा, मिर्चैया, मलंगवा, गाईघाट, कटारी, दिक्तेल, हलेसी, बर्दिवास, जलेश्वर, राजविराज, धनुषाधाम, लालबन्दी, सिन्धुलीको खाल्टे, सप्तरीको कञ्चनपुरमा उपचार केन्द्रमार्फत अस्पतालले आँखा बिरामीलाई सेवा प्रदान गर्दै आएका छन् ।

यसमध्ये राजविराज, बर्दिबास, मलंगवा र जलेश्वरमा शल्यक्रियाको सेवा उपलब्ध छ । अहिले यो अस्पतालले बिरामीको चापलाई थेग्न सक्ने अवस्था छैन । यसैलाई दृष्टिगत गर्दै फास्ट ट्रयाकबाट करिब ४५ करोडको बजेटमा नयाँ भौतिक पूर्वाधार निर्माण गरिरहेका छौँ । यो दुई महिनापछि सञ्चालनमा आउनेछ ।

तपाईंले गरेको समाजसेवाप्रति स्थानीय बासिन्दाबाट कस्तो व्यवहार पाउनुभएको छ ?

मलाई त सबैले राम्रै मानेका छन् । बिरामीसँग कुरा गर्दा म सबैसँग सुझाव माग्छु, अस्पताललाई अझ राम्रो बनाउन के के गर्नुपर्छ भनेर । सोही सुझावको आधारमा उपचार तथा सेवा प्रणाली, भौतिक पूर्वाधार प्रणाली, कर्मचारीको व्यवहार प्रणालीमा नियमित रूपमा सुधार ल्याउने प्रयास गरिरहेको छु । स्थानीय बासिन्दा र बिरामीले दिएको सुझावको आधारमा हामीलाई अगाडि बढ्न विभिन्न खालको सहयोग भएको छ । यसको लागि पनि छुट्टै एउटा टोली बनाएर परिचालन गरिएको छ ।

चुनौतीहरू के के भोग्नुभएको छ ?

संस्था जति ठूलो हुँदै जान्छ, चुनौती पनि त्यतिकै थपिँदै जान्छ । यो ध्रुवसत्य कुरा हो । समस्या र चुनौती पनि निक्कै छन् । पहिले दक्ष चिकित्सकको अभाव थियो, पाउनै गाह्रोे । अहिले त उत्पादन भइरहेको छ ।

अर्को कुरा बजारमा झोले डाक्टरहरू छन, जसले हाम्रै संस्थाको नाममा बिरामी ठगिरहेको प्रसस्तै भेटिन्छ । यस्ता झोले डाक्टर र संस्थाहरूलाई सरकारले अनुगमन गरेर नियन्त्रण गर्नुपर्छ । संस्थाहरू थप खुल्नुपर्छ, तर एउटा मेडिकल प्रोटोकलभित्र रहेर खुल्नुपर्छ । यसमा सरकारबाट निगरानी हुन आवश्यक छ ।

सरकारको सहयोग के कस्तो पाउनुभएको छ ?

हामीले सरकारभन्दा पनि नेपाल नेत्र ज्योति संघबाट ठूलो सहयोग पाएका छौँ । यो संघ नभएको भए हाम्रो अहिलेसम्मको अभियान अघि बढ्ने थिएन । यो संघलाई पनि अहिले सरकारले वार्षिक रूपमा करिब नौ करोड जति सहयोग उपलब्ध गराएको छ । यो रकमबाट संघले आफ्ना आवद्ध २२ वटा आँखा अस्पताल र करिब सयको हाराहारीमा आँखा उपचार केन्द्रलाई विभिन्न प्रकारको सहयोग गर्दै आएको छ । सरकारको यो सहयोग नगण्य हो । यसमा सरकारले पुनर्विचार गर्नुपर्छ जस्तो लाग्छ ।

अन्तिममा तपाईंको थप सन्देश केही छ कि ?

कुनै पनि संस्थाको विकास हुनुमा दुई प्रकारको कारण महत्वपूर्ण हुन्छ । एउटा संस्थाप्रति समर्पण र अर्को इमानदारीपूर्वक जिम्मेवारी बहन । यो दुई पक्ष निक्कै महत्वपूर्ण छ, संस्थालाई अघि बढाउन । यो दुई पक्षविना कुनै पनि संस्था दीर्घकालीन रूपमा अघि बढ्न सक्दैन । यो दुई कारणले नै होला आज यो अस्पताल यति माथिसम्म पुगेको छ ।

प्रतिक्रिया