जेठपछि शनिबार र आइतबार सेयर किनबेच बन्द हुने

काठमाडौं । आगामी जेठबाट सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने भएको छ । हाल आइतबारदेखि बिहीबारसम्म कारोबार हुँदै आएकोमा सरकारले जेठदेखि आइतबार सार्वजनिक बिदा दिएसँगै नेप्सेले पनि नयाँ निर्णय गरेको हो । जेठपछि शनिबार र आइतबार सेयर किनबेच बन्द हुनेछ ।

नेप्से सञ्चालक समितिले जेठबाट पनि साबिककै समय अर्थात ११ देखि ३ बजेसम्म नै कारोबार गर्ने निर्णय गरेको हो । यसले हाल कारोबार हुादै आएको दिनमा कमी आउने छैन । यसका लागि सिस्टम तयार भइसकेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया