एनसीसी बैकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैक लिमिटेड चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तगत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा बैकका चौतार शाखा प्रबन्धक सम्पुर्ण गिरिको सभापतित्वमा सम्पन्न भएको हो । सो अवसरमा बचतको महत्व, बचत गरेको रकम बैकमा खाता खोली जम्मा गर्नु पर्ने, ऋण लिने कारणहरु, साना ठूला जुनसुकै प्रकारको ब्यवसाय गर्न बैकबाट सहुलियत ब्याजदरमा कर्जा लिने, बीमा, पारिवारिक बजेटको महत्व, बीत्तीय साक्षरतामा नेपाल राष्ट्र बैकको योगदानका साथै धितोपत्र, सम्पती शुध्दिकरण र बिद्युतीय कारोवार सम्बन्धी जानकारीका सम्बन्धमा नेपाल राष्ट्र बैकका पुर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले धारणा राखेका थिए ।

दोस्रो सत्रमा सोही बैकका मार्केटिङ अफिसर विवेक राजकर्णिकारले बैकको इतिहास बताउदै वित्तीय साक्षरमा तर्फ अग्रसर बन्नु पर्ने कुरामा जोड दिदै बैकले दिइरहेको सेवा सुबिधा सम्बन्धी जानकारी गराएका थिए । एक सय जना भन्दा बढीको उपस्थिति रहेको साक्षरता कार्यक्रममा महिलाको पनि सहभागिता रहेको थियो ।
बैंकका प्रबन्धक गिरीले चौतारा शाखाले १० हजार औषधि बिमा सुबिधा २८ जना सदस्यलाई उपलब्ध गराएको जानकारी गराउंदै बैंक बचतकर्ताको हितमा कार्य गर्ने अग्रणी बैंक रहेको बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया