सनराइज बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

काठमाडौं । आन्तरिक र बाहिरी पर्यटकका लागि पोखरा लेकसाइड सेदी देखि सरागकोटसम्म अन्नपूर्ण केबलकार शुरु भएको परिप्रेक्षमा सन्राइज बैंकले आफ्ना ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ । बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै केबलकार सुविधा प्रयोग गरे बापत छुट पाउने बारेमा सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौता पश्चात बैंकका ग्राहकले पोखरा स्थित अन्नपूर्ण केबल कारको टिकट खरिद गर्दा बैंकको के्र्रडिट वा डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको विशेष छुट पाउन सक्नेछन् । बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिग गरौ’ अभियान अनुरुप आफ्ना ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकको अपेक्षा अनुरुप नबिनतम सेवा सुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

प्रतिक्रिया