महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा स्थानान्तरित

काठमाडौ । महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा हाल रहेको स्थान मुत्तिचोकबाट करिव २ सय मिटर दक्षिण भद्रपुर रोडमा स्थानान्तरण गरिएको छ । मंगलबार आयाजित एक विशेष कार्यक्रमका बिच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र झापा जिल्ला उद्योग बाणिज्य संगका अध्यक्ष प्रकाश शिवाकोटीले गरेका हुन ।

शाखाको उदघाटन समारोहमा स्थानीय तहका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुखको उपस्थिती रहेको थियो । बैँकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधि बारे प्रकाश पारेका थिए । उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यस शाखाबाट ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सबै रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवा छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक भरत प्रसाद खतिवडाले जनाएको पनि उल्लेख छ ।

प्रतिक्रिया