काठमाडौं । राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८ का विजेतालाई नगद पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार दिलीप थापामगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझलाई नगद ५ लाख प्रदान गरिएको हो ।
दोस्रो हुने टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझलाई नगद ४ लाख तथा तेस्रो हुने सरोज सिंखडा र सीता घिमिरे सम्मिलित रेसुंगा दोहोरी साँझ एवं सुरेन्द्र फयाली मगर र संगीता थापामगर सम्मिलित डालीमा दोहोरी साँझलाई नगद ३ लाख प्रदान गरिएको छ ।
प्रतियोगिता निर्णायक मण्डलका अध्यक्ष पुरुषोत्तम न्यौपानेले तेस्रो हुने दुई समूहले आपसी समझदारी गरेकाले तेस्रो र सान्त्वना पुरस्कार दुई समूहलाई एकै ठाउँमा पारेर वितरण गरिएको जानकारी दिए ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई निःशुल्क गीत रेकर्ड गरिदिने समेत महोत्सव आयोजक डिएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिजले घोषणा गरेको निर्णायक न्यौपानेले बताए । गत गत चैत २६ देखि ३० गतेसम्म टुँडिखेलमा सम्पन्न लोकदोहोरी महोत्सव उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए ।
प्रतिक्रिया