जनकपुरधाम । स्थानीय तहको निर्वाचन नजिकिए पनि धनुषामा दलहरूको उम्मेदवार चयनको प्रक्रिया युद्धस्तरमा रहेको देखिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले अहिलेसम्म धनुषाका १८ वटा स्थानीय तह मध्ये १४ वटामा उम्मेदवार सिफारिस गरी प्रदेशलाई पठाइसकेको छ । लोसपा नेपालका जिल्ला अध्यक्ष परमेश्वर साहका अनुसार लोसपाको केही स्थानीय तहबाहेक अधिकांशमा एकभन्दा बढी आंकाक्षी देखिएकोले यसको निर्णयका लागि प्रदेशलाई सिफारिस गरेर पठाइएको बताए । उनले बाँकी रहेको चार वटा स्थानीय तहका लागि पनि छलफल भइरहेको र सोमबारसम्ममा त्यसको पनि सिफारिस गरेर पठाउने बताए ।
धनुषामा १८ वटा स्थानीय तह मध्ये धनौजी गाउँपालिका प्रमुखका लागि जिवेन्द्र झा र उपप्रमुखका लागि रंजितादेवी मण्डल, जनकपुरधाम उपमहानगरपालिको प्रमुखका लागि मनोज चौधरी, परमेश्वर साह, संजयकुमार चौधरी, अमर पजियार र जानकी राम साहको नाम सिफारिस गरिएको छ भने उपप्रमुखका लागि विभा ठाकुर, रिताकुमारी मिश्र, पुनम झा मैथिल, विभा पाण्डे, पुनम साहको नाम सिफारिस गरिएको छ । लोसपाले जनकनन्दनी गाउँपालिकाका लागि प्रमुख पदमा सुनिल मण्डल, संजयकुमार यादव, जिवछ पगैहिया, मनोज कुमार साह र संतोष कुमार यादवको नाम सिफारिस गरिएको छ भने उपप्रमुखका लागि रिम्पुकुमारी यादव, चन्द्रकुमारी मण्डल र ओशियन खातुनको नाम सिफारिस गरिएको छ । यसैगरीे विदेह नगरपालिका प्रमुखका लागि संजयकुमार साह तेली, इन्द्रनारायण मण्डल, वरुण मिश्र र उपप्रमुखमा दिव्यादेवी दास, उर्मिलादेवी पंडित र हकनीदेवी मण्डलको नाम सिफारिस गरेको छ ।
त्यस्तै औरही गाउँपालिकाका अध्यक्ष पदका लागि प्रमोद कुमार यादवको नाम सिफारिस गरिएको छ भने उपाध्यक्षको नाम सिफारिस गर्न बाँकी रहेको अध्यक्ष साहले जानकारी दिएका छन् । सहिद नगरपालिकाका लागि विनोदप्रसाद रोहिता र रामकुमार भिनवारलाई मेयर पदका लागि नाम सिफारिस गरेको छ भने लक्ष्मी महतो, रितादेवी ठाकुर र राधादेवी मण्डललाई उपमेयरका लागि नाम सिफारिस गरी पठाएको जनाइएको छ । रामचन्दप्रसाद जयसवाललाई सबैल नगरपालिकाका प्रमुखका लागि सिफारिस गरेको छ भने उपप्रमुखका लागि सिफारिस भएकाहरूमा नितु यादव पासवान, मिनादेवी महतो र निलमदेवी यादव रहेकि छन ।
त्यसैगरी मिथिला नगरपालिकाका लागि प्रमुखमा रामकुमार थापा र उपप्रमुखमा सनिचरदेवी महतोको नाम सिफारिस गरिएको छ । बटेश्वर गाउँपालिकाका भने अध्यक्ष पदका लागि अजय कुमार राउत र उपाध्यक्ष पदका लागि कोशिला कुमारी महतो, गुडिया कुमारी दास र चन्द्रकलादेवी महतोको नाम सिफारिस गरिएको अध्यक्ष साहले जानकारी दिए । अघिल्लो निर्वाचनमा पहिलो नगरपालिकाको रूपमा जितेको हंसपुर नगरपालिकामा पुनः मेयर रामज्ञान मण्डलको नाम सिफारिस गरिएको छ भने उपप्रमुखमा दीपिका क्षेत्री सादाको नाम सिफारिस गरिएको छ । मिथिला विहारी नगरपालिकाका लागि प्रमुख र उपप्रमुखमा तीन÷तीन जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेहरूमा क्रमशः उसमान नदाफ, दिलीप कुमार मण्डल, मो.मंजुर समत र उपप्रमुखहरूमा कोशिलादेवी यादव, सोमिन्त्रा देवी र पुनम देवी यादव रहेकी छन् ।
क्षीरेश्वर नगरपालिकामा रामराज महतोको नाम प्रमुखका लागि सिफारिस गरिएको छ भने गंगीया देवीको नाम उपप्रमुखका लागि सिफारिस गरिएको छ । त्यस्तै कमला नगरपालिकामा मेयर पदका लागि तीन र उपमेयर पदका लागि ६ जनाको नाम सिफारिस भएको जनाइएको छ । धनुषाधाम नगरपालिकाका प्रमुख पदका लागि सूर्यनाथ यादव र रामकृपाल साह उपप्रमुखका लागि गायत्री कुमारी यादव, विमलादेवी साह र मेनका कुमारी सिंहको नाम सिफारिस गरिएको अध्यक्ष साहले जानकारी दिएका छन् ।
यता भ्रष्टाचारी विरुद्धको कारवाही र किसान आन्दोलन गरेर चर्चामा आएका जनमत पार्टीले समेत अहिलेसम्म धनुषामा एउटै पालिकामा उम्मेदवारको घोषणा गरेको छ । जनमतका नेता बिपी साहका अनुसार अहिले उम्मेदवारको विषयमा छलफल भइरहेकोले अहिले नै भन्न नमिल्ने जानकारी दिएका छन् । धनुषाको सबैला नगरपालिकामा मात्रै जनमतले बिपी साहको उम्मेदवारी घोषणा गरेको छ ।
सत्तापक्षीय गठबन्धनमा निर्वाचनको विषयमा किचलो भएपछि नेपाली कांग्रेस धनुषाले धनुषामा गठबन्धन नगर्ने घोषणा गरिसकेको छ । यद्यपि विभिन्न पालिकाहरूमा उम्मेदवाहरूको सिफारिस अहिले सार्वजनिक गर्न सकेको छैन । प्राप्त जानकारीअनुसार नेपाली कांग्रेसले क्षीरेश्वरनाथ नगरपालिकामा योगेन्द्र पजियारलाई मेयर पदका लागि पुनः सिफारिस गरिएको छ । नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिका लागि प्रमुख पदमा शिवशंकर साह हिराको नाम सिफारिस गरेको छ भने उपप्रमुखका लागि उम्मेदवारको नाम अहिलेसम्म घोषणा गर्न सकेको छैन । एमालेल धनुषाको अन्य पाकाका उम्मेदवारहरूको सिफारिस सार्वजनिक गर्न सकेको छैन । धनुषामा नेकपा माओवादी, जनता समाजवादी पाटी र एकीकृत समाजवादी पार्टीले अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन ।
जनकपुर
प्रतिक्रिया