स्याङजा । स्याङजाको वालिङ नपा वडा नं १२ डाँडाखर्कमा जिप दुर्घटना हुँदा ५ जनाको घटना स्थलमै मृत्यु भएको छ । जिपमा सबार अन्य ६ जना घाईते भएका छन् । डाँडाखर्क देखि वालिङ तर्फ आँउदै गरेको ग १ ज ६३९९ नम्बरको जिप डाँडाखर्क भन्ने ठाँउमा दुर्घटनामा हुँदा वालिङ नगरपालिका १२ बस्ने ४५ वर्षका विर बहादुर डाला मगर, सोही वडाका बर्ष ४० की हिरा डाला मगर, सोही वडा बस्ने बर्ष ३५ की शर्मीला सारु मगर, सात महिनाको बालक गौरब सारु र वडा नं १४ बस्ने बर्ष ६१ का कुल कुमारी कनौजेको घटना स्थलमै मृत्यु भएको हो ।
जिप सडक देखि करिब १५० मिटर तल खसेको जिल्ला ट्राफीक कार्यालयका सुचना अधीकारी कुल बहादुर हरिजङले जानकारी दिए । दुर्घटनामा घाइते ६ जनालाइ पोखरा रिफर गरिएको छ । वालिङ १२ कि अन्दाजी ५५ वर्षीय अंगबहादुर दाला, ५५ वर्षीय माया कुमारी सारु, ३५ वर्षीय योगेन्द« थापा , १८ वर्षीय नविना सारु , १९ वर्षीय लक्ष्मी दाला र ६० वर्षीय दल ब थापालाई वालिङ प्राथमिक स्वास्थ्य अस्पतालको सामान्य उपचार पछि पोखरा स्थित गण्डकी मेडिकल कलेज रिफर गरिएको छ ।
कच्ची सडकमा खाल्डा जोगाउने क्रममा जिप अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको जिल्ला ट्राफिक सुचना अधीकारी कुल बहादुर हरिजङको भनाई छ ।
स्याङ्जा
प्रतिक्रिया