बझाङ । जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ, भने अन्य घाईते भएका छन । जिपमा सवार नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनको परिवार सवार जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बझाङवाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै सनिवार राती १२ः४० दुर्घटना भएका हो । दुर्घनामा सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको हो । ३ घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । जीपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए । घटनाको थप विपरण आउन बाँकी छ ।
प्रतिक्रिया