स्याङ्जामा जिप दुर्घटना बालकसहित पाँच जनाको मृत्यु

स्याङ्जा । स्याङ्जामा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । जिल्लाको वालिङ नगरपालिका–१२ डाँडाखर्कस्थित आइतबार बिहान साढे १० बजे जिप दुर्घटना हुँदा एक बालकसहित पाँचजनाको मृत्यु भएको हो ।

जिपमा सवार ११ मध्ये ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । मृतकको पहिचान गर्ने प्रयास भइरहेको र घाइतेलाई उपचारका लागि पोखरा पठाइएको वालिङ नगरपालिकाका मेयर दीलिपप्रताप खाँणले जानकारी दिए । जिप चालक तथा यात्रुको पूर्ण विवरण प्राप्त हुन बाँकी छ ।

प्रतिक्रिया