नेपालगञ्ज । आगामी बैशाख ३० गते देशभर हुन लागेको स्थानीय तह निर्वाचनको लागि नेकपा एकीकृत समाजवादी पार्टी बाँकेले बैजनाथ गाउँपालिकाको अध्यक्षमा दिपक जिएमलाई सर्वसम्मत सिफारिस गरेको छ ।
उक्त पार्टीको शनिबार बसेको बैठकले जिएमको एकल नाम सर्वसम्मत अध्यक्षका लागि प्रदेशमा सिफारिस गरेको बताइएको छ । नेपालकै सबैभन्दा बढी जनसंख्या भएको गाउँपालिकाको रुपमा बैजनाथ गाउँपालिका रहेको छ ।
एकीकृत समाजवादीको भातृसंगठन युवा संघ नेपालका महासचिव समेत रहेका जिएम सो गाउँपालिकामा समाजसेवीको रुपमा चिनिएका छन् । पाँच दलीय गठबन्धनभित्र समेत उक्त गाउँपालिकामा समाजवादीलाई प्रमुख दिने आन्तरिक सहमती भएको स्रोतको दाबी छ ।
प्रतिक्रिया