पाँचथर । हिलिहाङ गाउँपालिका ७ टाहारीमा ट्रक दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मेची राजमार्गमा शनिबार साझ ८ः३० बजे ट्रक दुर्घटना भएको हो । दुर्घटना हुँदा फालेलुङ १ का प्रेमकुमार गौलीको मृत्यु भएको पाचथर जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सागर श्रेष्ठले जानकारी दिए । उक्त ट्रक ताप्लेजुङबाट फिदिम तर्फ आउदै गरेको थियो । शवलाइ जिल्ला अस्पताल पाँच थरमा ल्याएको छ ।
प्रतिक्रिया