अर्थमन्त्रीको जिम्मेवारी प्रकाश रावललाई दिइँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री पनि फेरिने भएका छन् । हाल एकीकृत समाजवादी पार्टीबाट तारालामा तामाङ आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन् । तर, अब उनको सट्टामा एकीकृत समाजवादी पार्टीकै प्रदेशसभा सदस्य प्रकाश रावललाई सो मन्त्रालयको जिम्मेवारी दिन लागिएको श्रोतले जनाएको छ ।

एकीकृत समाजवादी पार्टीले बहालवाला आर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङलाई राजीनामा समेत दिन लगाएको छ । नयाँ मन्त्री हुन लागोका प्रकाश रावल यसअघि उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री भएका थिए । तर, भ्रष्टाचार अभियोग लागेपछि उनले राजीनामा दिएका थिए । – मोहन जोशी/न्युज कारखाना

प्रतिक्रिया