प्रतिष्ठानको आयोजनामा हुने खुल्ला दोहोरी गीत प्रतियोगिताको तयारी पूरा

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा यही चैत १६ गतेदेखि १९ सम्म हुने ‘टुबोर्ग छैटौँ राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।

‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा हुने सोमबार पत्रकार सम्मेलन गरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले जानकारी दिए । उक्त प्रतियोगिताबारे सम्पूर्ण तयारी पूरा भइसकेको अध्यक्ष बिजीले बताए ।

कार्यक्रममा बोल्दै उनले विगतमा प्रतिष्ठानका तत्कालीन अध्यक्ष चन्द्र शर्माको कार्यकालबाट सुरु भएको सो नियमित सो कार्यक्रम विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दुई वर्ष रोकिएकाले हाल महामारी सामान्य अवस्थामा गएपछि पुनः निरन्तरता दिन लागिएको बताए ।

बुधबारबाट सुरु हुने उक्त प्रतियोगितामा देशभरबाट ७० समूह सहभागी हुनेछन् भने एक लाखभन्दा बढी दर्शकले प्रतियोगिताको अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष बिजीले दाबी गरे । उनका अनुसार उक्त प्रतियोगितामा देशभरका विभिन्न राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिनेछन् ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथिको रुपमा उपस्थित भइ अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले गर्ने उनले जानकारी दिए । कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न राष्ट्रिय कलाकारहरुको विशेष हिभागीता रहने बताइएको छ । कार्यक्रमको मुख्य प्रायोजक टुबोर्ग वियर रहेको छ भने प्रायोजकको रुपमा महालक्ष्मी विकास बैंक लिमिटेड र श्री बागेश्वरी खड्का हाउजिङ डेप्लोपर्स रहेको अध्यक्ष बिजीले बताए ।

खुल्ला दोहोरी प्रतियोगितामा प्रथम हुनेलाई नगद रु २ लाख २५ हजार, प्रमाणपत्र, मेडल र शिल्ड, दोस्रोलाई नगद रु १ लाख ५० हजार, प्रमाणपत्र, मेडल, तेस्रोलाई १ लाख नगद, प्रमाणपत्र, मेडल र सान्त्वनालाई नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र उत्कृष्ट २ पुरुष, २ महिला साथै उत्कृष्ट भेषभूषा र अनुशासित टीमलाई रु १० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।

कार्यक्रममा अध्यक्ष बिजीको साथमा दुबोर्ग बियरका प्रतिनिधि, वरिष्ठ लोग गायक नारायण रायमाझी, पूर्व केन्द्रीय अध्यक्ष दुर्गा रायमाझी, पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्मा, केन्द्रीय सल्लाहकार पृथ्वी थकाली लगायतको सहभागीता थियो । प्रतिष्ठानका वर्तमान अध्यक्ष बिजीले विभन्नि सञ्चार माध्यम, केन्द्रीय सदस्यहरु र विभिन्न संघ संस्थाहरुको सहयोगले उक्त कार्यक्रमको आयोजना गरिएको बताए ।

बिगतदेखि हाम्रो संस्थाले यो कार्यक्रमको आयोजना गर्दै आइरहेको छ, कसैको साथ–सहयोगबिना प्रतिष्ठानले एक्लै गर्न सम्भव पनि हुँदैन’, उनले भने, ‘यसपटक पनि सञ्चार माध्यम, हाम्रो केन्द्रीय सदस्य साथीहरु, विभिन्न संघ संस्थाहरुको सहयोग मिलेको छ, यसमा मलाई अत्यन्तै गौरव र हौसला बढेको छ ।’ साथै, अध्यक्ष बिजीले कार्यक्रमा प्रवेश पनि निःशुल्क गरिएको जानकारी दिए ।

प्रतिक्रिया