साईपाल गाउँपालिकामा नागरिक आरोग्यता सेवा केन्द्र स्थापना

बझाङ । जिल्लाको चीन सँङ्ग सिमानाका जोडिएको सवैभन्दा दुर्गम गाउँपालिका साईपालमा नागरिक आरोग्यता सेवा केन्द्र स्थापना गरिएको छ । संघीय सरकारको आर्थिक सहयोग र जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र बझाङको समन्वयमा शनिवार एक कार्यक्रमकाबीच नागरिक आरोग्यता सेवा केन्द्रको स्थापना भएको हो ।

नागरिक आरोग्य केन्द्र स्थापना कार्यक्रममा बोल्दै जिल्ला आयुर्वेदिक स्वास्य केन्द्र बझाङका सुचना अधिकारी मिनराज पुरीले भने, ‘पहिले पहिले हाम्रो जिल्लामा सरुवा रोगका कारण धेरैको ज्यान जाने गरेको थियो । तर अहिले नसर्ने रोगका कारण ज्यान ज्यान जाने गरेको छ ।’ यस्तो रोग लाग्न नदिन हामीले सवैले खानपिन र प्रत्येकदिन योग अभ्यास गर्ने आयुर्वेदिक औषधीहरुको उपयोग गर्दै सकेसम्म शरीरलाई स्वस्थ राख्नु पर्नेमा उनले जोड दिए ।

त्यस्तै साईपाल गाउँपालिका ३ का वडाध्यक्ष जँङ्गविर बोहराले जिल्लाकै दुर्गम गाउँपालिका भनेर चिनेने यो गाँउपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना हुनु खुसिको कुरा भएको बताए ।
आयुर्वेदिक औषधी उपचारकालागि अव तीन÷चार दिनको पैदल हिडेर सदरमुकाम चैनपुर पुग्ने बाध्यता हटेको र गाँउपालिका सवै नागरिकहरु निःशुल्क औषधी उपचार, पाउने भएपछि खुसी लागेको र गाउँपालिकाले साथ सहयोग गर्ने बताए ।

संघीय सरकार र जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र बझाङको समन्वयमा १२ ओटा स्थानीय तहमध्ये ११ ओटा स्थानीयतहमा नागरिक आरोग्य केन्द्रको स्थापना भइसकेको र एक स्थानीयतहमा स्थापना गर्न वाकी रहेको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र बझाङका प्रमुख सुर्य उपाध्यायले बताए ।

प्रतिक्रिया