दोलखा प्रहरिद्धारा १० दिनमा ८ फरार प्रतिबादी पक्राउ

दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले विभिन्न मुद्दामा फरार रहेका ८ प्रतिबादीलार्इ पक्राउ गरेको छ । १० दिनको अबधिमा ९ फरार प्रतिबादीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाइ दोलखा जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ भने केहीलाई अदालतमा उपस्थित गराई जरिवाना तिराई छाडिएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख (डिएसपी) गङ्गा पौडेलका अनुसार बहुविवाह मुद्दाका फरार प्रतिबादी तामाकोसी गाउँपालिका (१ भिरकोटका नरहरी बिकलाई पक्राउ गरि अदालतमार्फत कैद भुक्तानीका लागि कारागार चलान गरिएको छ।

त्यसैगरी नकबजनी चोरी मुद्दाका भिमेश्वर नगरपालिका ५ का निरोज मुग्रातीलाई पक्राउ गरि कैद भुक्तानीका लागि कारागार चलान गरिएको छ । प्रतिबादी मध्येका भिमेश्वर नगरपालिका २ का मनु तामाङ, कुटपिट–लुटपाट मुदाकी अर्की प्रतिबादी भिमेश्वर ८ की माइली थामी, गाली बेइजती मुद्दाकी शैलुङ गाउँपालिका ८ कि झागादेबी कार्की, अखेटो पहार (बन्यजन्तु) मुद्दाका शैलुङ ८ का लालबहादुर बिक, प्राचीन मुद्दाका भिमेश्वर नगरपालिका ३ का उद्द्व थापा र शिवहरि थापालाई पक्राउ गरि जरिवना तिराइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अन्जन कोईरालाले जानकारी दिए । पक्राउ पर्नेहरुमा १९ बर्ष देखि फरार देखि जन्मकैद असुल सम्मका प्रतिबादी रहेका छ्न । प्रतिबादी बाट १ लाख ८६ हजार ३ सय ९६ रुपैयाँ २५ पैसा जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

प्रतिक्रिया