जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका बारेमो उब्जेको विवादका कारण कार्यालयका सम्पुर्ण कामकाज ठप्प भएको छ । नगरपालिकामा नवौं तहको प्रशासकीय अधिकृत छदाछदै अर्को तेस्रो श्रेणीको प्रमुख प्रशासकीय अधिकृतको रुपमा नगरपालिकाले सहमती जनाएपछि विवाद सुरु भएको हो । मिथिला विहारी नगरपालिकाका नवौं तह अधिकृत स्तरका कर्मचारी रामदरश यादव प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेकै अवस्थामा मेयर अनिलकुमार यादवले जवरजस्ती उनी भन्दा जुनियर रा.प.र्तितिय श्रेणीका अधिकृत कन्हैयाकुमार मिश्रलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेदवारी तोकेपछि विवाद सुरु भएको थियो ।
विवादका कारण कार्यालय सुचारु हुन नसकेको कारण सेवाग्राही मर्कामा परेका छन् । दुई सातादेखि कुनै पनि काम हुन नसक्दा सेवाग्राही रितै फर्किन बाध्य छन् । मेयर यादवले जवरजस्ती गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवले फागुन १२ गते संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई आफु नवौं तहको अधिकृत कार्यरत छदाछदै आफुभन्दा जुनियरलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेदवारी तोकिएकोले सो निर्णय रद्द गरी आफुलाई पुनः जिम्मेदवारी कायम गर्नका पत्र पठाएका थिए ।
मन्त्रालयले यस अघि पनि वरिष्ठताका आधारमा यादवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेदवारी दिनका लागि मिथिला विहारी नगरपालिकालाई निर्देशन दिइसकेको भए पनि मेयर यादवले सो निर्देशन उलंघन गरी अधिकृत यादवलाई हाजीरी गर्न नदिई निमित प्रमुख प्रशासकीय अधिकृत मिश्रसँग काम गराउदै आएका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको रुपमा रामदरश यादव कार्यरत रहेकै अवस्थामा मिथिला विहारी नगरपालिकाले फागुन ३ गतेनै कन्हैयाकुमार मिश्रलाई प्रमुख प्रशासकीय अधिकृतको लागि सहमती दिइएको र प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइदिनका लागि संघीय मामिलालाई पत्र पठाएको थियो । तर, मेयरले सो निर्णय टेरेनन् । आफू अनुकुलको अघिकृत राखेर उनले नगरपालिकामा मनोमानी गर्दे आएका छन् ।
मेयलका क्रियाकलापाक विरुद्ध उपमेयर अनिता साहको अगुवाइमा वार्ड अध्यक्ष र कार्यपालिका सदस्यहरुको फागुन १० गतेको वसेको वैठकबाट प्रमुख प्रशासकीय अधिकृतको रुपमा रामदरश यादवलाई यथावत काम गर्ने गरी कायम गर्नका लागि संघीय मामिला मन्त्रालयलाई सिफारिस पठाइएको अवस्था छ । सो सिफारिस पत्रमा उपमेयर साह सहित ७ वटा वडा अध्यक्ष र ७ वटा कार्यपालिका सदस्यसहित १५ जनाले हस्ताक्षर गरी सिफारिस पठाएका थिए । यस विषयमा सर्वोच्च अदालतले फागुन २५ गते मन्त्रालयले कन्हैया कुमार मिश्रलाई कामकाजमा खटाइएको सम्वन्धमा कार्यान्वयन नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको भए पनि मेयर यादवले जवरजस्ती मिश्रलाई नै काममा खटाएका छन् ।
नगरपालिका शंकाको घेरामा ’
महोत्तरी गाउपालिकाबाट कन्हैयाकुमार मिश्रलाई फागुन ४ गते मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वा अन्तरगत मधेश प्रदेशमा सरुवा गरिएको थियो । तर मिथिला विहारी नगरपालिकाले फागुन ३ गते नै मिश्रलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाइदिन सिफारिस पठाएको थियो । अर्थात सरुवा हुनुभन्दा एकदिन पहिले नै मिथिला विहारी नगरपालिकालाई मिश्रको सरुवा हुने भनेर भविष्यवाणी गरिएको देखिन्छ । यस्तै फागुन ५ गते नै मिथिला विहारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेदवारी पाएका मिश्रले फागुन ८ गते महोत्तरी गाउपालिकालाई २१ दिन वरवुझारथका लागि समय दिनका लागि उच्च अदालतमा निवेदन दिएकाले उनको नियत माथि शंकागर्ने ठाउँ देखिन्छ ।
नगरपालिकाकी उपमेयर अनिता साहले एउटा प्रमुख प्रशासकीय अधिकृत रहेकै अवस्थामा मेयर यादवले जवरजस्ती सिफारिस पठाएर नगरपालिकामा विवाद सृजना गर्ने षडयन्त्र गरेको आरोप लगाएन् । प्रमुख प्रशासकिय अधिकृत रामदरस यादव आफनो कार्यकक्षमा व्यस्त रहेको बेला मेयर यादवले प्रमुख प्रशासकीय अधिकृतलाई आफनो चेम्वरमा बोलाएको र समयमा नगएकै झोकमा अर्को प्रमुख प्रशासकीय अधिकृतको सिफारिस पठाइएको उनको आरोप छ । प्रशासकीय अधिकृतको विवादका कारण अहिले नगरपालिकाको कार्यालय अवरुद्ध भएको र करिव दुइ सातादेखि सेवाग्राहीका कुनै पनि काम हुन सकेको छैन ।
जनकपुर
प्रतिक्रिया