एआईजी निर्णयको फाइल मुख्यालयमा : बढुवाका आकांक्षीको तिव्र दौडधुप

काठमाडौं । तिव्र राजनीतिक दौडधुपपछि तीनजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरवन्दी थपिएको निर्णयको फाइल प्रहरी प्रधान कार्यालयमा पुगेको छ । मन्त्रिपरिषद्को निर्णय गत बिहीबार गृह मन्त्रालयले प्रहरी मुख्यालयमा पठाएको हो । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन भइसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को निर्णयलाई गम्भीर रुपमा अगाडि बढाउन निर्देशन दिएका थिए । उनले गत बिहीबार गृहमन्त्री बालकृष्ण खाँडलाई एआईजी बढुवा प्रक्रिया तत्काल थाल्न निर्देशन दिएका थिए ।

सोही निर्देशनपछि गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयको प्रतिलिपि प्रहरी मुख्यालयमा पठाएको थियो । प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले मन्त्रिपरिषद्को निर्णयको ‘कपी’ मुख्यालयमा आइपुगेको जानकारी दिए । यसअघि यसअघि प्रहरी मुख्यालयले तीनवटै पदको दर्ताका लागि संघीय मामिला राष्ट्रिय किताबखाना (प्रहरी कितावखाना) मा निर्णयको ‘कपी’ पठाउनुपर्ने हुन्छ । एसएसपी केसीका अनुसार पद दर्ताका लागि किताबखानामा गत शुक्रबारै परिपत्र भइसकेको छ । अब बढुवा समितिको बैठकबाटै अकांक्षीहरुमध्ये तीनजनाको नाम सिफारिस हुनेछ । यसका लागि पहिला बढुवा समितिको बैठक बस्नुपर्ने हुन्छ । बढुवा समितिको अध्यक्षमा गृह मन्त्रालयका सचिव, सदस्यसचिवमा प्रहरी महानिरक्षक र सदस्यमा प्रधानमन्त्री कार्यालयका सचिव रहने छन् ।

समीतिले आकांक्षीमध्येबाट कार्यसम्पादन मूल्यांकन हेरेर मात्रै उपयुक्त उम्मेद्वारलाई सिफारिस गर्नेछ । फागुन १२ गते बिहीबार मन्त्रिपरिषद्ले गृहको प्रस्ताव स्वीकृत गर्दै तीनजना एआईजीको दरवन्दी थप्ने निर्णय गरेको थियो । अहिले थपिने तीन एआईजीमा क्रमशः धिरजप्रताप सिंह, उत्तम सुवेदी, रविन्द्र धानुक, बसन्त लामा, दिवेश लोहनी, वसन्त पन्त, ईश्वरबाबु कार्कीलगायतका डीआईजीहरु दाबेदार छन् । आकांक्षीमध्ये सिंह, सुवेदी र धानुक हालका एआईजीहरु विश्वराज पोखरेल र सहकुलबहादुर थापाका व्याची हुन् । यही ब्याचबाट एकजना भावी प्रहरी महानरिक्षक बन्नेछन् ।

महानिरीक्षक क्षेत्री अवकाश हुनुभन्दा दुई महिनाअघि मात्रै तीनजना एआईजी थप्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एआईजीद्वय पोखरेल र थापालाई यसअघिको एमाले नेतृत्वको सरकारले बढुवा गरेका कारण प्रधानमन्त्री शेरबहादुर देउवा दुवैलाई प्रहरी नेतृत्वमा लैजान अनिच्छुक देखिएको स्रोत बताउँछ ।

वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आगामी वैशाख १९ गते अवकाश पाउँदैछन् । क्षेत्रीको अवकाशपछि सरकारले नियमसंगत प्रहरी महानिरीक्षक नियुक्ती गरेमा एआईजी विश्वराज पोखरेल वा सहकुलबहादुर थापामध्ये एकजना स्वतः महानिरीक्षक बन्नेछन् ।
तर, महानिरीक्षक क्षेत्री अवकाश हुनुभन्दा दुई महिनाअघि मात्रै तीनजना एआईजी थप्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एआईजीद्वय पोखरेल र थापालाई यसअघिको एमाले नेतृत्वको सरकारले बढुवा गरेका कारण कांग्रेस नेतृत्वको सरकार (खासगरी प्रधानमन्त्री शेरबहादुर देउवा) दुवैलाई प्रहरी नेतृत्वमा लैजान अनिच्छुक देखिएको स्रोत बताउँछ ।

स्रोतले भन्यो, ‘प्रधानमन्त्री देउवा तीनवटा विकल्पमा हुनुहुन्छ । कि पोखरेललाई नै आईजीपी बनाउने, नभए एआईजी बढुवा भएकामध्ये एकजनालाई आईजीपी बनाउने र त्यो पनि नभए सुरुमा पोखरेललाई बनाएर चुनावअघि पोखरेललाई हटाई आफूले चाहेकोलाई आईजीपी बनाउने ।’ सुरुमा प्रहरी दरवन्दी मागे पनि अवकाशको मुखमा पुगेका आईजीपी शैलेश थापा क्षेत्रीले बढुवा समिति बैठकपछि मात्रै कसलाई सिफारिस गर्ने भन्नेमा टुंगोमा पुगिने जफाव आकांक्षीलाई दिँदै आएका छन् । केही बढुवा आकांक्षीको भेटमा उनले आकांक्षीहरु सबै बढुवाको लागि हकदार भए पनि बढुवा समितिको बैठकबाट निर्णय हुने जफाव दिएको स्रोत बताउँछ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणी पोखरेलले पनि क्याबिनेटको निर्णयको ‘कपी’ प्रहरी मुख्यालयमा पठाइसकिएको जानकारी दिए । उनले भने, ‘अब बढुवा समितिको बैठकले बढुवा हुने नाम सिफारिस गर्नेछ ।’

प्रतिक्रिया