प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माद्वारा राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेश

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आ–आफ्नो तर्फबाट प्रतिवेदन पेश गरेका छन् ।

प्रधानमन्त्री देउवाले सरकारी तथा प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेश गरेका हुन् ।

‘आज प्रधानमन्त्री र प्रधानसेनापतिज्यूूले सरकारी र राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनु भएको हो,’ राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने ।

प्रतिक्रिया