प्रतिनिधिसभा बैठक २९ फागुनसम्मको लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक एक साताको लागि स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले २९ फागुन दिउँसो १ बजेसम्मको लागि बैठक स्थगित गरेका हुन् ।

आइतबारको बैठक सुरु हुनासाथ एमाले सांसदले नाराबाजी गरेका थिए । एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले महाअभियोग सिफारिस समितिमा रहने सदस्यको नाम बाचन गरेका थिए ।

प्रतिक्रिया