प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अध्ययनका लागि समिति गठन गर्ने निर्णय

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अध्ययनका लागि समिति गठन गर्ने निर्णय गरेको छ । आज प्रतिनिधिसभा बैठकअघि संघीय संसद् भवनमा बसेको कार्यव्यवस्थाको बैठकले ११ सदस्यीय महाअभियोग प्रस्ताव अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो ।

निर्णयानुसार दलहरूले नाम दिएपछि आजको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समितिमा रहने सदस्यहरूको नाम पढेर सुनाउनेछन् । समितिमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने सांसद एकवाल मियाँलाई पठाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया