एमसीसीमा एमाले मुकदर्शक बन्यो : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमसीसी सदनबाट पास गर्र्दा प्रमुख प्रतिपक्ष दल एमाले मुकदर्शक भएर बसेको आरोप लगाएका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसी सम्झौतालाई प्रतिनिधिसभाबाट अनुमोदन गराउने क्रममा एमाले मुकदर्शक भएर बसेको अरोप लगाएका हुन् ।

सदनबाट अनुमोदन गराउँदा एमालेले एमसीसीप्रति न समर्थन न विरोध गरेर तमशा हेरेर बसेको अध्यक्ष नेपालको आरोप छ ।

सभामुख अग्निप्रसाद सापकोटाको पक्षमा उभिन्छौँ

त्यस्तै अध्यक्ष नेपालले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको पक्षमा उभिने बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर उनले सभामुख सापकोटाविरुद्ध महाअभियोग लगाउने विषयमा आफ्नो पार्टी सहमत नहुने बताएका हुन् ।

सभामुख सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बताइएका बेला उनले आफ्नो पार्टी संसदको गरिमा जोगाउने सभामुख सापकोटाको पक्षमा उभिने बताए ।

एमसीसीबारे देखिएको विवाद र आशंका घोषणापत्रले निवारण गरेको दाबी गरेका उनले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया